“नेयमरलाई आधा भन्दा बढी बार्सिलोना समर्थकले घृणा गर्छन्, बार्सिलोना नआएकै राम्रो”

एजेन्सी – पूर्व स्पेन तथा रियल म्याड्रिड कोच भिसेन्टे डेल बोस्कले नेयमारलाई आधा भन्दा बढी बार्सिलोना समर्थकहरु मन नपराउने बताएका छन्।

एक अन्तर्वार्ताको क्रममा बोस्कले नेयमारलाई बार्सिलोनाले नेयमार फिर्ता ल्याउन चाहेको भएता पनि आधा भन्दा बढी बार्सिलोना समर्थक त्यसको विरुद्धमा रहेको बताएका हुन्।

नेयमरलाई आधा भन्दा बढी बार्सिलोना समर्थकले मन नपराउने र त्यसको कारण नेयमार आफै रहेको बताएका छन्। यदि आफू भएको भए नेयमारलाई पुन बार्सिलोनामा पुन : फिर्ता नल्याउने पनि उनले धारणा व्यक्त गरे।

पूर्व रियल र स्पेनका मालिक डेल बोस्क नेयमारलाई विश्वकै एक उत्कृष्ट खेलाडी मान्न तयार त छन् तर नेयमारको सट्टा अरु खेलाडी नै रुचाउने बताउँछन्।

“नेयमार स्पेनिस लिगमा फिर्ता आउनु एक हिसाबले राम्रो पनि हो। तर मा कुनै पनि क्लबको कोच थिएँ भने म उनलाई रोज्दैनथें। उनको सट्टा अन्य खेलाडीनै मेरो प्राथमिकतामा हुन्थे।”,एक अन्तर्वार्तामा उनले भनेका छन्,”जे सुकै भए पनि उनी उत्कृष्ट खेलाडी हुन्। तर म अन्य कारणहरुले गर्दा म उनको बारेमा खासै सोच्न सक्दिन।”

पीएसजी पुग्नु अगाडी नेयमरले बार्सिलोनालाई गरेको व्यवहारकै कारण आधा भन्दा बढी समर्थक उनको विरुद्धमा रहेको र उनलाई फिर्ता नचाहने उनको बुझाइ छ।

“यदि बार्सिलोना फ्यानहरू बीच सर्वेक्षण गर्नेहो भने म निश्चित छु कि आधा भन्दा बढी समर्थक उनलाई फिर्ता लिन चाहँदैनन्। यसको लागि त्यहाँ एउटा कारण छ। “,उनले भनेका छन्,”बार्सिलोनालाई उनले राम्रो व्यवहार गरेका थियेनान्म, वास्तवमा उनले धेरै नराम्रो व्यवहार गरेका थिए।”

बार्सिलोना नेयमार बिना नै राम्रो हुने पनि उनले बताएका छन्।

नेयमरको बार्सिलोना जाने प्रयास

स्पेनिस लिगका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने औपचारिक प्रस्ताव गरेपनि पीएसजीले स्वीकार नगरेपछि नेयमारले क्लबमै रहने भएका छन्।

नेयमारले आफ्नै तर्फबाट पनि बार्सिलोना जाने प्रयास गरेपनि पीएसजीले प्रस्ताव स्वीकार नगरेपछि उनी क्लबमा रहन बाध्य भएका हुन् । बार्सिलोनाले नेयमार फिर्ता लान विभिन्न प्रस्ताव गरेको थियो। तर पीएसजीले कुनै पनि प्रस्ताव स्वीकार गरेन।

ट्रान्सफर विन्डोको सकिसकेको अवस्थामा बार्सिलोनाले अब अर्को प्रस्ताव अगाडि नसार्ने भएकाले नेयमार कम्तिमा पनि जनवरीसम्म पेरिसमा रहने भएका हुन् ।

प्रकाशित : शुक्रबार, भदौ २०, २०७६१२:४६
अर्को समाचार:

रितको उत्कृष्ट ब्याटिङ, श्रीलंकाविरुद्ध अर्धशतक !