पूर्वसभामुख नेम्वाङ्गलाई महरापुत्र निर्मलको प्रश्न ; कति छिटो “आँ”गरेर बसेको ?

काठमाडौँ : निवर्तमान सभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरले आफ्नै पार्टीका नेताहरु सभामुखविरुद्ध लागेको आरोप लगाएका छन् ।

सभामुख महराले आफूमाथि जबरजस्ती गरेको भन्ने संसद सचिवालयमा कार्यरत एक महिलाको आरोपपछि छानविनमा सघाउ पुग्ने उदेश्यले राजिनामा दिईसकेको अवस्थामा पूर्वसभामुख सुवास नेम्वाङ्गले महरालाई अब नेकपाले सांसदको रुपमा समेत नचिन्ने अभिव्यक्ति दिएपछि निर्मलले आफ्नै पार्टीका नेताहरु महराविरुद्ध षड्यन्त्रमा लागेको बताएका हुन् ।

उनले सामाजिक संजालमा पूर्वसभामुख नेम्वाङ्गको तस्बिर पोष्ट गर्दै लेखेका छन्”महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन, कति छिटो “आ”गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागे पछि षड्यन्त्र के लाई बुझ्न्ने ? धैर्य गर्नोस्”

मंगलबार महराले सभामुख पदबाट राजिनामा दिईसकेपछि नेम्वाङ्गले राजीनामा दिनासाथ त्यो पद रिक्त हुने र कुनै सर्तको अर्थ नरहने भन्दै महरा अब सांसद समेत नरहने अभिव्यक्ति दिएका थिए ।

महराले आफूमाथि लागेको आरोपमा छानविन हुँदासम्म मात्र पदमा नरहने उल्लेख गर्दै उपसभामुख समक्ष राजिनामा पत्र पेश गरेका थिए ।
“हिजोदेखि विभिन्न संचारमध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य , निस्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिंदसम्मका लागि राजिनामा दिएको छु।”,सभामुख महरको छन् ।

अर्को समाचार:

काङ्ग्रेस जागरण अभियानमा जुटेका बेला भ्रातृ संस्थामा भने चुलियो विवाद!