महारा माथिको आरोप ढाकछोप गर्ने प्रयास भयो भने दुर्भाग्यपूर्ण हुन्छ : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सभामुख कृष्णबहादुर महारामाथि लागेको आरोपले राजनीतिक क्षेत्रलाई नै बदनाम गरेको बताएका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई जबरजस्ती गरेको आरोप लगाएको विषयले राजनीतिक क्षेत्रलाई नै बदनाम गरेको बताउदै अध्यक्ष थापाले सत्यतथ्य छानविन गरिनुपर्ने माग गरेका हुन् ।

उनले सामाजिक संजालमा ट्विट गर्दै लेखेका छन् ;”महराको बलात्कार काण्डले समग्र राजनीतिक क्षेत्रलाई नै बदनाम गरेको छ।यो कलंक हो। निष्पक्ष छानबिन र कारवाही भएन भने, ढाकछोप गर्ने प्रयास भयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। @kpsharmaoli अग्नि परीक्षामा हुनुहुन्छ..”

सभामुख महराले प्रतिनिधि सभाका उपसभामुख समक्ष राजिनामा पत्र पेश गरिसकेको अवस्थामा राप्रपा अध्यक्ष थापाले सो धारणा व्यक्त गरेका हुन् ।

“हिजोदेखि विभिन्न संचारमध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य , निस्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिंदसम्मका लागि राजिनामा दिएको छु।”,सभामुख महराको राजिनामा पत्रमा उल्लेख छ।

अर्को समाचार:

पूर्वसभामुख नेम्वाङ्गलाई महरापुत्र निर्मलको प्रश्न ; कति छिटो “आँ”गरेर बसेको ?