प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक …

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएपछि प्रचण्डले पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।

प्रचण्डले महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  ओली सिंगापुर जानुपूर्व बसेको सचिवालय बैठकले प्रचण्डलाई पार्टीको बैठक बोलाउने एकल अधिकार दिएको थियो ।

नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष भएपनि यसअघि प्रचण्डलाई बैठक बोलाउने अधिकार थिएन । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत स्वास्थ्य परिक्षणका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रकाशित : आइतबार, भदौ ०८, २०७६१८:४५
अर्को समाचार:

साइबर अपराधको मुद्दा खेप्दै आएका पत्रकार गिरीले पाए सफाइ