संचारकर्मी लामिछानेलाई भेट्न चितवन पुगेकी स्वेताले माहोल बुझ्दै लेखिन यस्तो स्ट्याटस …

काठमाडौँ : चर्चित नायिका एवं सामाजिक अभियन्ता स्वेता खड्काले पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्ने बताएकी छिन् ।

पत्रकार पुडासैनीले ज्यान फाल्नु अघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी लामिछानेलाई भेट्न आइतबार चितवन पुगेकी अभिनेत्री खड्काले पिडित परिवारलाई न्याय दिनुपर्ने कुरामा आफू सकारात्मक रहेको बताउदै निर्दोष फस्न नहुने धारणा व्यक्त गरेकी हुन् ।

चितवन पुगेर त्यहाँको माहोल बुझ्दै स्वेताले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्:”यतिखेर चितवनमा छु । निकिता दिज्युलाई ढाडस दिनु र निस्पक्ष छनविनको लागि खबरदारी गर्नुलाई मैले आफ्नो कर्तब्य ठानेकीछु । अनुसन्धानमा खटिनु भएका अधिकारिहरुले मृतक सालीकराम पुडासैनीको बारेमा नयाँ तथ्यहरु पत्ता लगाउदै जानु (जुन कान्तिपुर दैनिक र सोसियल मिडियाहरुको प्रकाशनमा आईरहेकाछन) ले पनि रवी दाई निर्दोश सावित हुनेमा ढुक्क भएका छौ । अदालत अगाडि भेला भएका हजारौ जनसागरको आँखामा पनि मैले त्यही आशा देखेको छु । टण्टलापुर घाम र अखण्ड गर्मीका बावजुद पनि रवी दाईको लागि सुवेक्षा, आशिर्वाद र प्रार्थना गरिरहेका मानवसागरले यतिखेर कुनै उग्र राजनैतीक नारा लगाएका छैनन् नत सरकार बिरोधी चर्का स्वरहरुनै निकालेका छन । हातमा चन्द्र सुर्य राष्ट्रिय झन्डा बोकेका हजारौ राष्ट्रप्रेमीहरुको आँखामा निस्पक्ष छानविन नहुने हो कि ? पैसा र पावरको पैतालाले ‘न्याय’ कुल्चने हो कि ? भन्ने शंका भने प्रस्टै देखिन्छ । आमजनताको आँखामा देखिएको शंकाको को कालो पर्दालाई च्यातेर वास्तविक द्रुश्य देखाउनमा हाम्रो न्यायलय सफल हुनेछ भन्ने आशा र विश्वाश लिएका छौ ।”

प्रकाशित : आइतबार, भदौ ०८, २०७६१८:३३
अर्को समाचार:

प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक …