सांसद सुवेदीको पर्स लुट्ने १९ वर्षीय निश्चल पक्राउ …

काठमाडौँ : केहि दिनअघि प्रदेश नम्बर ३ की प्रदेश सांसद भावना सुवेदीको पर्स लुटेको आरोपमा एकजना पक्राउ परेका छन् ।

गत साउन २६ गते सांसद सुवदीले दिएको उजूरीको आधारमा प्रहरिले सर्लाही बरथहवा नगरपालिका-२ घर भइ काठमाडौँ मैतीदेवी बस्दै आएका १९ वर्षीय निश्चल थिङलाई नियन्त्रणमा लिएको हो ।

सांसद सुवेदीको परिचय पत्र, एटिएम कार्ड , ७ हजार ३ सय नगद लुटेर फरार भएका उनलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले थिङलाई गौशालामा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरि कारबाहीको प्रकृया अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : आइतबार, भदौ ०८, २०७६१७:५४
अर्को समाचार:

संचारकर्मी लामिछानेलाई भेट्न चितवन पुगेकी स्वेताले माहोल बुझ्दै लेखिन यस्तो स्ट्याटस …