आज पनि छुटेनन् रवि , अदालतले फेरी थुनामै पठायो …

फाइल तस्बिर

काठमाडौँ : पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तिनैजनालाई अदालतले पुन हिरासतमा पठाएको छ ।

सो प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका तिनजना मध्ये अस्मिता कार्कीको मात्र बयान लिएर जिल्ला अदालत चितवनले पुन जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाएको हो ।

केहिबेर अघि मात्र सकिएको कार्कीको बयान पछि लामिछाने र कँडेलको बयान भोलि १० बजेबाट पुन सुरु हुने बताउदै अदालतले आज हिरासतमै राख्न आदेश दिएको बताइएको छ ।

लामिछाने र कँडेलको बयान लिनुपर्ने र त्यसपश्चात थुनछेक बहस गरि अदालतले निर्णय गर्नुपर्ने हुँदा आज फैसला सम्भव नभएपछि स्थगित भएको  जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले जानकरी दिए ।

आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ मा मुद्दा दर्ता गराएको थियो ।

थुनछेक बहसपछि लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने तिन विकल्प मध्ये अदालतले  एक निर्णय गर्नेछ ।

गत साउन २० गत्ते राति झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्यान फाल्न बाध्य बनाएको भन्दै लगाएको आरोपमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर १० दिन हिरासतमा राखी अनुसन्धान गरेको हो ।

प्रकाशित : आइतबार, भदौ ०८, २०७६१७:२८
अर्को समाचार:

जलविद्युत् आयोजनामा एक कामदारको मृत्यु