संचारकर्मी रवि लामिछाने आज छुट्ने स्थिति न्यून …

फाइल तस्बिर

काठमाडौँ : पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तिनैजनालाई अदालतमा उपस्थित गराइएको छ ।

पत्रकार पुडासैनीले ज्यान फाल्नु अघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको अदालतमा बयान सुरु भएको हो ।

सोहि प्रकरणमा पक्राउ परेका तिनजना मध्ये पहिले अस्मिता कार्कीको बयान सुरु भएको बताइएको छ । केहिबेर अघि मात्र सुरु भएको कार्कीको बयान सकिएपछि लामिछाने र कँडेलको बयान लिनुपर्ने र त्यसपश्चात थुनछेक बहस गरि अदालतले निर्णय गर्नुपर्ने हुँदा आज फैसला सम्भव नहुने स्थिति देखिएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ मा मुद्दा दर्ता गराएको थियो ।

थुनछेक बहसपछि लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने तिन विकल्प मध्ये अदालतले  एक आदेश दिने बताइएको छ ।

भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गत साउन २० गत्ते राति झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्यान फाल्न बाध्य बनाएको आरोप लगाएका थिए ।

प्रकाशित : आइतबार, भदौ ०८, २०७६१७:००
अर्को समाचार:

आज पनि छुटेनन् रवि , अदालतले फेरी थुनामै पठायो …