आज भाद्र ८ गतेदेखि १४ गतेसम्मको साप्ताहिक राशिफल : तपाईका दिन शुभ-अशुभ कस्ता रहला ?

यस हप्ताको राशिफल
(भाद्र ८ गतेदेखि १४ गतेसम्म )

मेष
आयआर्जन बढ्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। पारिवारिक उन्नति, प्रगतिको पक्ष राम्रो देखिएको छ। स्वास्थ्यमा केही समस्याहरू रहन सक्ने अवस्था छ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ।

वृष
मनमा उत्साह, उमङ्ग बढ्ला। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। स्वास्थ्यमा केही समस्या देखापर्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। इष्‍टमित्र, कुलकुटुम्बबाट पनि भरपूर सहयोग प्राप्त हुनेछ। लेनदेनमा केही समस्या रहन सक्नेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ। कुनै नयाँ कार्यको थालनी हुने योग देखिन्छ।

मिथुन
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति रहला। नयाँ कार्यको थालनीको योग बन्ला। साहित्य, सङ्गीत, कलामा निकै राम्रो प्रदर्शन हुने देखिन्छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। घरपरिवारको सहयोग प्राप्त हुने देखिएको छ। हजुरले गर्न खोज्नुभएको नयाँ काममा समस्या र अड्चन आउन सक्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। राजनीतिक र सामाजिक क्षेत्र राम्रो छ। व्यापार, व्यवसायमा पनि राम्रो देखिएको छ।

कर्कट
आर्थिक समृद्धिको साता बन्ला। घरपरिवारको सहयोग प्राप्त हुनेछ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्ध र सहकार्य निकै राम्रो देखिएको छ। आर्थिक उपार्जन र उन्नतिका मार्गहरू प्रशस्त रहलान्। व्यापार, व्यवसायमा राम्रो देखिएको छ। साहित्य, सङ्गीतमा निकै रूचि जाग्नेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ।

सिंह
मनमा उत्साह र उमङ्ग छाउला। लेनदेनमा भने केही अप्ठ्यारा परिस्थितिहरू रहलान्। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि बढ्ने देखिएको छ। कुलकुटुम्बसँगको सम्बन्ध राम्रो देखिएको छ। घरपरिवारमा तनाव र अप्ठ्यारा पक्ष रहलान्। व्यापारमा मध्यम लाभ छ। स्वास्थ्यमा केही समस्या बढ्ने देखिन्छ। छात्रछात्राहरूका लागि साता राम्रो देखिएको छ।

कन्या
दाजुभाइ, दिदीबहिनी, घरपरिवारबीचको सम्बन्ध निकै सुमधुर बन्ला। छात्रछात्राहरूका लागि साता राम्रो देखिएको छ। जागिरेहरूका लागि साता केही समस्यामा बित्न सक्नेछ। लेनदेनमा सोचविचार गर्नुपर्ला। नयाँ कार्यको थालनी हुनेछ। यात्रा मध्यम रहला। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। खेलाडीहरूका लागि साता राम्रो देखिएको छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। मनमा उत्साह र उमङ्ग छाउनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

तुला
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि छाउनेछ। आयआर्जनका मार्गहरू प्रशस्त रूपमा बढ्नेछन्। नयाँ सवारी साधनको योग बन्नेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। खेलाडीहरूका लागि साता मध्यम छ। स्वास्थ्यमा केही समस्या हुने देखिन्छ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ।

वृश्चिक
व्यापार, व्यवसायमा लाभ छ। धार्मिक कार्यमा सरिक हुनुहोला। अचानक यात्राको योग बन्न सक्नेछ। दाजुभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ सवारी साधनको योग बन्नेछ। विद्यार्थीहरूका लागि साता उत्कृष्ट रहेको छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। नयाँ कार्यको थालनी होला। कृषि क्षेत्रमा लाभ छ। प्राविधिक क्षेत्रमा लाभ देखिएको छ।

धनु
राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा केही समस्या रहला। नयाँ कार्यको थालनीको योग बन्नेछ। दाजुभाइ, दिदीबहिनी तथा घरपरिवारबाट भरपूर सहयोग प्राप्त हुनेछ। कृषि, चौपायामा लाभ छ। नयाँ सवारी साधनको योग बन्ला। यात्रा मध्यम देखिन्छ। छात्रछात्राहरूको पढाइ निकै राम्रो हुने देखिएको छ। खेलाडीहरूका लागि साता मध्यम छ।

मकर
व्यापार, व्यवसायमा लाभ होला। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहनेछ। साहित्य, सङ्गीतका सर्जकहरूका लागि साता मध्यम छ। स्वास्थ्यमा केही समस्याहरू देखापर्नेछन्। परिवारमा केही अप्ठ्यारा पक्षहरू रहलान्। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। नयाँ कार्यको थालनी होला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मनमा उत्साह र उमङ्ग छाउनेछ।

कुम्भ
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। जागिरेहरूका लागि साता केही तनावमा बित्नेछ। व्यापार, व्यवसायमा मध्यम योग छ। स्वास्थ्यमा केही समस्या देखापर्ला। यात्रा मध्यम छ। साहित्य, सङ्गीतमा निकै राम्रो हुने देखिएको छ। दाजुभाइ, दिदीबहिनीबीचको माया, प्रेम, सद्भाव बढ्नेछ। अचानक धनलाभको योग बन्ला। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ।

मीन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। खानपानका कारण स्वास्थ्यमा केही समस्या हुन सक्नेछ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ। आयआर्जनका मार्गहरू प्रशस्त बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो देखिएको छ। दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्ध राम्रो देखिन्छ। नयाँ घर, जग्गा, जमिनका योग बन्नेछन्। सङ्गीतमा निकै राम्रो प्रदर्शन हुने देखिएको छ। (यस साप्ताहिक राशिफल डा. उत्तम उपाध्याय न्यौपानेले लेखेका हुन्।)

प्रकाशित : आइतबार, भदौ ०८, २०७६०९:२४
अर्को समाचार:

स्थापना भयो पहिलो फलाम उद्योग