कम्युनिष्टसँग जनता भड्किएका छन्, कम्युनिष्ट सिध्याउने मौका यहि हो – देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राज्यका सबै अंग आफ्नो हातमा लिएर वर्तमान सरकारले कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको आरोप लगाएका छन्।

कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम बोल्ने क्रममा कम्युनिष्ट सरकारका कारण मुलुक खतरामा परेको भन्दै कम्युनिष्टलाई हराउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

वर्तमान सरकारको कामकारवाहीले जनता निराशा छाएको हुँदा यहि मौकामा कांग्रेसले कम्युनिष्ट सिध्याउने तर्फ लाग्नु पर्ने कार्यकर्ताहरुलाई बताएका छन्।

दुई तिहाईको कम्युनिष्ट सरकार प्रति जनता त्रसित भएकै समयमा मौका छोप्नु पर्ने र चनाखो हुनुपर्ने उनले बताए। कम्युनिष्ट सिध्याउने गरी योजना बनाउन उनको निर्देशन छ।

राणा शासण, पञ्चायती व्यवस्था र राजा कांग्रेसले फालिसकेको हुँदा अब कम्युनिष्ट फाल्न कांग्रेस अग्रसर हुनु पर्ने उनले स्पष्ट पारे। “राणा शासण कांग्रेसले फाल्यो। पञ्चायती व्यवस्था फाल्यो। राजा फाल्यो। अव कम्युनिष्ट फाल्नुपर्छ”,उनले भने।

सरकारले विभिन्न विवादास्पद विधेयक पेश गरेर सर्वसत्तावाद लाद्न खोजेको उनको आरोप छ। प्रेसलाई अंकुश लगाएर स्वतन्त्र मिडियालाई कब्जामा लिएर नागरिकका बोल्न पाउने अधिकारलाई हस्तक्षेप गर्न खोजेको प्रति उनको आपत्ति छ।

अर्को समाचार:

“पार्टी भित्र कुनै विवाद छैन, बाहिरी हल्ला सत्य होइन”