समुन्द्रशास्त्र अनुसार हत्केलामा भएको रेखाबाट व्यक्तिहरु कति भाग्यशाली छन् भन्ने जानकारी प्राप्त हुनसक्छ । हस्तरेखा ज्योतिषमा हत्केलामा केही योग बन्दछ, जसले मानिसको जीवन कस्तो हुनेछ भनेर बताउछ भने हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ ।
यसैगरी ज्योतिष शास्त्र अनुसार हरेक व्यक्तिको हातको रंगले उनीहरुको स्वभाव र व्यक्तित्वको बारे बताउने गर्छ। हरेक व्यक्तिको हातको रेखा जहिंले एकै रहने भएपनि रंगमा भने समय अनुसार परिवर्तन आउने गर्छ। हातको रंगमा परिवर्तन आउनेले तपाईको स्वभाव र आचरणमा परिवर्तन आऊँदै गरेको संकेत गर्ने गर्छ। आज हामी तपाईहरुलाई ४ प्रकारमा आउने हातको रंग परिवर्तनले कस्तो भिन्नता दिन सक्छ भन्ने बारे बताउन जाँदै छौँ।
सेतो रंगको हात :
हातको रंग सेतो भएका व्यक्तिहरुको स्वभाव अध्यात्मिक हुने गर्छ र यिनीहरु धर्मकर्म प्रति ठूलो आस्था राख्ने गर्छन। यस प्रकारका मान्छेहरु शान्तिप्रेमी हुने हुँदा प्रायजसो सम एकान्तमा बस्न रुचाउने गर्छन भने उनीहरु दुख र सुख दुवै परिस्थितिमा स्वभावमा कुनै पनि परिवर्तन ल्याउने गर्दैनन्।
गुलाबी रंगको हात हुने व्यक्तिहरु :
जुन व्यक्तिको हात गुलाबी रंगको छ उसले जीवनमा कुनै पनि समय आर्थिक संकटको सामना गर्नुपर्दैन। यी व्यक्तिहरु समयअनुसार आफूलाई परिवर्तन गर्दै लैजान सक्षम हुन्छन भने यिनीहरुको स्वभाव अन्य जोसुकैलाई आकर्षित गर्ने खालको हुन्छ। यसकासाथै यिनीहरु निकै भलाद्मी स्वभावक हुनेगर्छन।
कालो वा निलो रंगको हात हुने व्यक्तिहरु :
ज्योतिषशास्त्रका अनुसार कालो वा निलो रंग हुने व्यक्तिहरु त्यति भाग्यमानी मानिदैन्न। कुनै पनि मान्छेको हातमा यस्तो रंग हुनु असुभ मानिने गर्छ। यिनीहरुले जीवनमा सोचेअनुसारको सफलता हाँसिल गर्ननसक्ने बताइएको छ।
हातमा गाडा रातो रंग भएका व्यक्तिहरु :
यदि कुनै व्यक्तिको हातको रंग गाडा रातो छ भने ऊ निकै धनवान र भाग्यमानी मानिने गर्छ। यस्ता व्यक्तिहरुको प्रसंशा शास्त्रमा समेत गरिएको देख्न सकिन्छ। यिनीहरु निकै कमलो मनका हुनेगर्छन भने अन्य जोकोहि व्यक्तिको आशा र भरोसाको पात्र बनेर नाम कमाउन सफल हुनेछन्।