४३ बर्षीय साहेवलाई माई खोलाले बगायो !

सांकेतिक तस्बिर

काठमाडौँ : झापाको शिवसताक्षी नगरपालिका-१० सुकुम्बासी बस्तीका ताला हस्ताको घरमा बस्दै आएका ४३ बर्षीय साहेव सरदारलाई माई खोलाले बगाउदा बेपत्ता भएका छन् ।

बिहिवार दिउँसो २ बजे माईखोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका हुन् ।

खोलाले बगाई बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

अर्को समाचार:

नेकपामा थेग्न र सम्हाल्नै नसक्ने कुनै विवाद छैन , सबै सामान्य हुन् : देवेन्द्र पौडेल