नेपालको संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय प्रधानमन्त्रीलाई निम्तो …

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान दिवसमा प्रमुख अतिथि बन्न निमन्त्रणा गरेका छन् ।

गत बुधबार राजधानीमा आयोजित नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकर सँगको भेटमा ओलीले मोदीलाई संविधान दिवसमा प्रमुख अतिथि बन्न आग्रह गर्दै पत्र पठाएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने/नआउने अहिले टिङ्गो नलागेको भएपनि ओलीले प्रमुख अतिथि बन्न निम्तो पठाएको एक स्रोतबाट खुल्न आएको हो ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएकाले हरेक वर्ष यस दिनलाई संविधान दिवसको रुपमा मनाउने गरिन्छ । यसै अवसरमा आयोजना हुने कार्यक्रममा प्रमुख आथित्यता ग्रहण गर्न मोदीलाई ओलीले आग्रह गर्दै पत्र पठाएको बताइएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका भारतीय विदेशमन्त्री जयशंकरले बिहिबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरि स्वदेश फर्किएका थिए ।

उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई , शेरबहादुर देउवा लगाएत सँग भेटवार्ता गरेका थिए।

प्रकाशित : शुक्रबार, भदौ ०६, २०७६१६:१६
अर्को समाचार:

चाबहिल–साँखु सडकखण्ड अवस्था बुझ्न सांसद सडकमा