घरको भान्सामै मानबहादुरलाई चट्याङ लग्यो , घटनास्थलमै गयो ज्यान …

सांकेतिक तस्बिर

काठमाडौँ :  ताप्लेजुङको फुङलिङ नगरपालिका-८ भित्तेका ५६ बर्षीय मान बहादुर बि.क. को चट्याङले हानेर निधन  भएको छ ।

बिहिवार बेलुका ७ बजे आफ्नै घरको भान्सामा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बि.क.को घटनास्थलमा नै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसैगरी फुङलिङ नगरपालिका-१० की ५० बर्षीय श्रीमाया तामाङ चट्याङले लागेर घाईते भएकी छन् ।

बिहिवार राती साँढे ७ बजे आफ्ने घरमा बसिरहेको अबस्थामा अचानक चट्याङले लाग्दा उनी घाईते भएकी हुन् । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।

अर्को समाचार 

सालकको खपटा सहित २ जना पक्राउ

पाँचथरको हिलिहाङ गाउँपालिका-२ कावेलीबाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

बिहिवार दिउँसो १ बजेको समयमा ताप्लेजुङको हप्पुखोलाबाट सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २३२४ नम्बरको गाडीमा सवार रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका-२ का धन बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा र बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा बरामद भएको थियो ।

सालकको खपटा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : शुक्रबार, भदौ ०६, २०७६१४:४२
अर्को समाचार:

दुईवटा चाइनिज ड्रोनसहित नेपाली युवक भारतमा समातिए !