वार्ता गर्न मोदीले मतलब गरेनन्, अब परमाणु युद्ध हुन्छ – इमरान खान !

एजेन्सी – भारत प्रशासित काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बन पछि भारत र पाकिस्तान बीच तनाब बढेको छ।

तनाब भैरहेकै बीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक मिडियामा दिएको अन्तरवार्ताले भारत र पाकिस्तान बीच युद्ध हुने तर्फ संकेत गरेको छ।

अन्तरवार्ताको क्रममा खानले अब भारतसँग वार्ताको लागि अपिल नगर्ने नपाउँदै वार्ताभन्दा परमाणु युद्ध ठिक हुने भन्दै अभिव्यक्ति दिएपछि युद्धको सम्भावना बढेर गएको हो।

आफूले पटक पटक वार्ताको लागि आग्रह गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवाता गर्दै आएको खानले आरोप लगाए। अमेरिकी अखबार न्यूयोर्क टाइम्ससँग कुरा गर्नेक्रममा उनले दुई परमाणु शक्ति सम्पन्न देश आमने सामने हुँदा जे पनि हुन सक्ने बताएका छन्।

शान्ति र वार्ताको लागि आफूले गरेको सम्पूर्ण कोसिसलाई मोदीले नकारात्मक रुपमा लिएको र अहिलेसम्म गरिएका सबै प्रयास बेकार भएको बताए।

यस्तै इमरानले कश्मिरमा भारतले फर्जी अपरेशन चलाउन सक्ने तर्फ पनि शंका व्यक्त गरेका छन्। युद्ध शुरु गर्नको लागि मोदीले नक्कली घटना घटाएर शैन्य तनाव बढाउन सक्ने उनको शंका छ।

भारतले कुनै पनि तरिकाले पाकिस्तानलाई दबाउन खोजे चुप लागेर नसक्ने चेतावनी पनि दिएका छन्। यधपी शान्तिपूर्ण तरिकाबाट समस्याको समाधान गर्न आफ्नो जोड रहने उनले स्पष्ट पारे।

प्रकाशित : बिहिबार, भदौ ०५, २०७६१५:५७
अर्को समाचार:

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा दिने निर्णय !