अरुलाई दोष लगाएको भिडियो रवि लामिछानेले भेटेको भए नी ? : अध्यक्ष श्रेष्ठ [भिडियो]

काठमाडौँ : प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार शालिग्राम पुडासैनी प्रकरणको भिडियो आफूले परिवारका सदस्यबाट पाएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनबाट प्रसारित”जनता जान्न चाहन्छन्” कार्यक्रममा प्रस्तोता ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले उक्त भिडियो प्रहरीले नभई आफूलाई  शालिग्रामको परिवारका सदस्यले विश्वास गरेर उपलब्ध गराएको स्पष्ट परेका हुन् ।

सोहि प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका संचारकर्मी रवि लामिछानेकी श्रीमतीले तपाईलाई भिडियो सार्वजनिक गर्ने अधिकार छैन भन्दै उजूरी दिएकी छिन् , कसरी सार्वजनिक गर्नुभयो भन्ने प्रश्नमा श्रेष्ठले भनेका छन्”सूचना कहाँबाट ल्याईस भन्ने मान्छेहरु अबुझ हुन् , पत्रकारलाई पत्रकारितासँग सम्बन्धित विषयमा कसैले प्रश्न गर्ने होइन , आचार सहिंता उन्लंघन गर्यो भने , इमानमा गडबढ गर्यो भने, स्रोतलाई दलाली गरेर आफ्नो फाइदा हुने काम गर्यो भने सोध्ने हो ।

उनले थपेका छन्”रविजीको डिफेन्समा सुनील पोखरेलजीले एक घण्टा हिजो अदालतमा बहस गरेपछि आएर भन्नु भएको थियो । दुई वटा भिडियो क्लिप छ , एउटा ४ मिनेट ५८ सेकेण्ड र एउटा ८ मिनेट २७ सेकेण्डको , त्यो भन्दा बढी छैन । भनेर उहाँले बोल्नु भएको छ। अब ‘अब भन्नेले त जे पनि भने २३ मिनेटको भिडियो छ , १३ मिनेटमा कसरी आयो भनेर । उसो भए मैले पाएको १३ मिनेटमात्रै हो, सुनीलजीले अदालतमा हेर्नुभएको पनि त्यही हो । अरु पनि छ भन्नेहरुले ल्याएर देखाइदिए हुन्छ नि ! १३ मिनेटभन्दा बढी कसैले एक सेकेण्ड देखाउन सक्यो भने मलाई जे सजाय गर्नुछ गरेहुन्छ”।

उक्त भिडियोमा कुनै काँटछाँट गरिएको छैन त भन्ने प्रश्नमा उनी भन्छन”अहिले पनि तपाई मेरो मोबाइलमा त्यो भिडियो हेर्न सक्नुहुन्छ ,जस्ताको त्यस्तै छ ,दाँयाबाँया गर्न के जरुरत छ मलाई। किशोर श्रेष्ठले जस्ताको त्यस्तै जे देख्यो त्यहि लेख्ने मान्छे हो “।

आफूले भिडियो पाएको धेरै दिन बितिसक्दा समेत छानबिन प्रक्रिया अघि नबढेपछि बाध्य भएर भिडियो सार्वजनिक गरेको उनको भनाइ छ । उक्त भिडियोमा कुनै काँटछाँट गरिएको पाएमा आफू हत्कडी लगाएर जेल जान तयार गरेको उनले बताए ।

शालिग्राम प्रकरणको भिडियो किन नेपाल आजलाई उपलब्ध गराइयो भन्ने प्रश्नमा उनले भनेका छन्”मैले भिडियोबारे लेख लेखिसकेपछि , अन्य कुनै मिडियाले म पनि प्रसारण गर्छु भन्ने आग्रह गरेपछि म दिन बाध्य भए”।

उनले  सोहि प्रकृतिको घटनामा अन्य कसैलाई लाल्छना लगाएको अवस्थामा रवी लामिछानेले भिडियो भेटेको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्न समेत गरेका छन् । “यदि अन्य कसैले ऋषि धमलाले मारेको  भनेको भिडियो रवि लामिछानेले भेटेको भए डस्बिनमा फ्याल्नुहुन्थ्यो ?” उनको प्रश्न थियो ।

भिडियो : 

प्रकाशित : बिहिबार, भदौ ०५, २०७६१३:५८
अर्को समाचार:

पार्टीको सम्पूर्ण जिल्ला प्रचण्डलाई सुम्पिएर प्रधानमन्त्री ओली पुन सिंगापुर प्रस्थान …