मनमैजु मालपोतका पियन र जग्गा कारोवारी पक्राउ !

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी(पियन) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

आयोगको टङ्गालबाट गएको टोलीले उनीहरुलाई मालपोत कार्यालय नजिकैको एक खाजा घरबाट मङ्गलबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित : बुधबार, भदौ ०४, २०७६१९:३७
अर्को समाचार:

चट्याङबाट क्षति