नेपाली सेनामा भर्ना हुने सूवर्ण अवसर ! ठूलो संख्यामा सेकेन्ड लेफ्टिनेन्ट माग [सूचना सहित]

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले राष्ट्रिय दैनिकमा एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिएको बारे जानकारी गराएको हो।

सूचना अनुसार २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को माग गरिएको छ। १३१ जना खुला, २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित, ६ पिछडिएको क्षेत्र र ७ जना सैनिक परिवार गरी २५० जनाको लागि दरखास्त आह्वान गरिएको हो।

“नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पदमा समावेशी तथा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेभ साईटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम्‌ उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.१०।- (दश) को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।”, कार्यरथी विभागले जारी गरेको सूचनामा भनिएको छ।

माग गरिएको पदमा भदौ ४ गतेदेखि असोज २ गते सम्म दरखास्त दिने सकिने छ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म दरखास्त दिन सकिनेछ।

अर्को समाचार:

केही मान्छेले यो मरिहालोस् भनेका छन् , तर म अझै १५ वर्ष बाँच्छु : प्रधानमन्त्री ओली