भोलि चैत १९ गते मंगलवार : तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !

भोलि मिति २०७५ साल चैत महिनाको १९ गते मंगलवार सोहि अनुरुप सन् २०१९ अप्रिल २ तारिख तपाइको दिन कस्तो रहला , हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मित्रजनका साथमा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। रमणीय स्थानको यात्रा गर्ने सौभाग्य मिल्नेछ। आकस्मिक धन लाभको योग रहेको छ। सन्तान सुख मिल्नेछ। समग्रमा यहाको भोलिको दिन शुभ रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

नया कार्य आयोजना गर्नका लागि दिन उचित रहेको छ। नोकरी व्यवसायमा उन्नति हुनेछ। अधुरा रहेका कार्यहरु पुरा भएर जानेछन। नोकरीमा पदोन्नति हुनाका आर्थिक लाभको समेत योग रहेको छ। सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक द्विविधाले मन अनियन्त्रित हुनेछ। शारीरिक थकान रआलास्यताको शिकार भइने छ। पेट सम्बन्धी समस्याले सताउने छ। सहकर्मीको उचित साथ् र सहयोग नमिल्दा केहि चिन्तित हुनुपर्ने छ। कुनै पनि नया कार्यको थालनी भोलिको दिन सकभर नगर्दा नै राम्रो हुने छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

नयाँ कार्यकोआयोजना नगर्नु होला। मानसिक व्यग्रताले गर्दा कार्य बिग्रन सक्ने सम्भावना रहेको छ। सरकारी कामकाजमा बाधा अड्चन आउन सक्छ। अनावश्यक पारिवारिकझैँ झगडा हुन सक्छ बिशेष ध्यान दिनु होला। स्वास्थ्य त्यति अनुकुल रहेको छैन।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

दाम्पत्यजीवनमा सामान्य खटपट देखिन सक्छ। व्यापार क्षेत्रमासहकर्मीका साथमा मनमुटाव हुन सक्छ सावधान रहनुहोला। स्वास्थ्य अनुकुल रहने छ। सामाजिक जिवनमा सफलता मिल्नेछ। प्रियजनको भेटघाटले मन प्रफुल्लित हुनेछ। समग्रमा यहाको भोलिको दिन मध्यम फलदायी रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

घरमा सुख शान्तिको वातावारण छाउनेछ। आरोग्य इच्छा उत्पन्न हुनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा क्रमश सुधार भएर जानेछ। आर्थिक लाभ एवम यश प्राप्त हुनेछ। सहकर्मीको प्रसस्त साथ् र सहयोग मिल्नेछ। शुभ समाचारले मन प्रफुल्लित हुनेछ। समग्रमा यहाको भोलिको दिनलाई शुभ नै मान्न सकिन्छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। सन्तान सुखको समाचारले मन प्रफुल्लित हुने छ। कार्यमा उन्नति प्रगति हुनेछ। शरिरिक्ब स्वास्थ्य राम्रो भएर जानेछ।सिर्जनात्मक कार्यमा मन लाग्नेछ। सामान्यता तपाइको दिन सुखमय व्यतित हुनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

व्यक्तिगत समस्याले मन अशान्त हुनेछ। स्वास्थ्य खासै अनुकुल रहेको छैन। परिवारका सदस्यका बिचमा सामान्य मनमुटाव हुन सक्छ बिशेस संयमित रहनुहोला। स्त्रीवर्गका तर्फबाट हानी हुन सक्छ सचेत रहनु होला। भगवानको ध्यान भक्ति गर्नाले बिशेष लाभ हुने देखिन्छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

अध्यात्ममा मन लाग्नेछ।साथीभाईकोव प्रसस्त साथ् र सहयोग मिल्नेछ। नया कार्यको थालनी गर्ने उचित समय रहेको छ। कार्यमा सफलता मिल्नेछ। भाग्योदय हुनाका साथै सामाजिक मान सम्मानमा पनि वृद्धि भएर जाने छ। प्रतिष्पर्धाको बिचमा पनि विजय हासिल गर्ने उत्तम दिन रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

आकस्मिक धन लाभको सम्भावना रहेको छ। पारिवारिक म मनमुटाव हुन सक्ने सम्भावना रहेको छ। बिद्यार्थी वर्गका लागि पढाई लेखाइमा कडा मिहेनत गर्नु पर्ने देखिन्छ। आँखा सम्बन्धि समस्या देखिन सक्छ। नकारात्मक विचार प्रति सजक रहनु नै लाभदायक हुने छ। साहसिक प्रवृतिका लागि दिन शुभ रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

शारीरिक एवम मानसिक उत्साहमा वृद्धि भएर जानेछ। आर्थिक दृष्टिले भोलिको दिन सुभ फलदायी साबित हुनेछ। आफन्त तथा साथी भाईको सहयोग मिल्नेछ। दाम्पत्यजीवन सुखमय रहने छ। नकारात्मक विचारधारा देखि टाढा नै रहदा फाइदा पुग्ने देखिन्छ। आध्यात्ममा मन जानेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

मानसिक ब्यकुलता अधिक रहने छ। धार्मिक कार्यको पछाडी अधिक धन खर्च हुनेछ। अनावश्यक झैँ झमेलामा विशेषगरी भोलिको दिन नाफस्दा नै राम्रो होला। आध्यात्ममा मन लाग्ने छ। व्यापार व्यवसायमा उन्नति प्रगति हुने सम्भावना रहेको छ।

प्रकाशित : सोमबार, चैत १८, २०७५१९:२८
अर्को समाचार:

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो