हेर्नुस त कक्षामा को छ? भन्दै अमेरिकी दूतावासले लेख्यो यस्तो स्टाटस!

चैत्र १५ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई पढ्ने भोक मरेको छैन । उनि अहिले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा अध्यनरत छन्। थापा अमेरिकामा  छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरिरहेका छन् ।

फेसबुक मार्फत नेपालस्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ । दूतावासले कक्षामा बसेर पढिरहेको गगनको एक फोटो शेयर फेसबुक पेजमा यस्तो लेखेको छ, ‘हेर्नुस् त, कक्षामा को छ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको “एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन” शीर्षकको कोर्स गर्न पुग्नुभएको छ। वहाँ भन्नुहुन्छ, “मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरीरहेको छु। एकदमै रमाइलो लागेको छ।”
हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौ।

प्रकाशित : शुक्रबार, चैत १५, २०७५१३:०७
अर्को समाचार:

भोलि चैत १९ गते मंगलवार : तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !