यस गुफामा भएको थियो हनुमानको जन्म, माता अन्जनिको साथमा छ मुर्ति [तस्विर सहित]

भगवान हनुमानको जन्मस्थान कहाँ हो भन्ने बिषयलाई लिएर आज सम्म पनि बेलाबेलामा चर्चा हुने गरेको छ।  उनको वास्तविक जन्मस्थान कहाँ हो भनेर राममायणमा समेत उल्लेख गरिएको छैन। कसैले हनुमानको जन्मस्थान नागपुर हो भन्ने गर्छन भने कसैले कर्नाटकलाइ उनको जन्मस्थानको रुपमा लिएका छन। तर हनुमानजीको वास्तविक जन्मस्थानको रुपमा झारखंडको गुमला जिल्ला निकै  प्रसिद्ध रहेको छ। यसै स्थानलाई उनको जन्मस्थलको रुपमा लिने गरिन्छ।

रहस्यमय गुफा रहेको छ यस स्थानमा

मान्यता अनुसार श्री राम भक्त हनुमानको जन्म गुमला जिल्लाको आंजन धाममा भएको थियो।  यसै ठाउंमा माता अन्जनीले हनुमानका नाम राखिदिएकि थिइन्। यस स्थानमा एक रहस्यमयी गुफा पनि रहेको छ।  जुन गुफालाई एक दिन माता अन्जनिले रिसमा आएर बन्द गरिदिएकी थिइन्।

शिवभक्त थिइन् माता अन्जनी:

आञ्जन धाम पहाडको बीच भागमा अवस्थित रहेको छ।  यस धाममा टाढा टाढाबाट दर्शन गर्नका लागि भक्तजनहरु आउने गर्छन। यहाँ सुग्रिव गुफा समेत रहेको छ। अझ यो मान्यता पनि रहेको छ कि माता अन्जनी हरेक दिन अलग अलग तलाउमा गएर स्नान गर्ने गर्थिन। शिवलिङ्गको दर्शन तथा भगवान शिवको पुजा आराधना समेत गर्ने गर्थीन।

माताको काखमा विराजमान छन हनुमान

यस स्थानमा माता अन्जनिको साथमा हनुमानको एक मुर्ति रहेको छ। माताले उनलाई आफ्नो काखमा राखेकी छिन।मान्यता रहे अनुसार यस ठाउमा रहेको ‘पंपासुर’ नामक तलाउमा भगवान श्री राम र लक्ष्मणले स्नान गरेका थिए।

माता अन्जनी किन रिसाएकी थिइन् त ?  

यस स्थानका स्थानीयबासीहरुको भनाई अनुसार माता अन्जनीलाई खुसी पार्नका लागि एकदिन आदिबासीहरुले बाख्रो काटेर बलि चडाएका थिए। जुन कुरा मातालाई मन नपरेको कारणले गर्दा रिसमा आएर उनले गुफाको ढोका सधैको  लागि बन्द गरिदिएकी हुन् र सोहि दिन देखि नै यस गुफा बन्द रहेको समेत मान्यता रहि आएको छ।

यस स्थानको मान्यता कर्नाटकमा पनि रहेको छ

कर्नाटकको कोप्पल र बेल्लारी स्थित एक स्थान रहेको छ, जसलाई अन्जनी पर्वतको नामले पनि चिन्ने गरिन्छ। यी ‘किष्कन्धा’ नामले समेत परिचित रहेको छ। मान्यता अनुसार यस स्थानमा माताअन्जनीले घोर तपस्या समेत गरेकी थिइन्।

अर्को समाचार:

चाणक्यनीति: बिहान उठेर भुलेर पनि नगर्नुहोस् यी ४ काम, नत्र गर्नु पर्ला दुर्भाग्यको सामना !