देवताको प्रतिक ‘शमि’ को यसरी गर्नुहोस प्रयोग, छाउनेछ सुख-शान्ति!

कुनै-कुनै वृक्ष धर्मिक मूल्य मान्यतासंग र पनि जोडिएको हुन्छ। यस्ता रुख बिरुवा रोप्ने र उचित हेरचाह गरेको खण्डमा फाइदा पुग्ने समेत जनविश्वास रहेको छ। आज हामी यस्तो वृक्षको बारेमा कुरा गर्न जादैछौं जसले हाम्रो सबै समस्याको समाधान गर्न मद्दत  गर्दछ।  शमी यस्तो बिरुवा हो जसमा धार्मिक मान्यता जोडिएको हुन्छ।  यसमा शनिको नकारात्मक असरलाई नियन्त्रण गर्न सक्ने प्रभावकारी गुण हुन्छ।

मान्यतानुसार घरमा शमिको रुख रोप्नाले परिवारमा सुख , समृद्दी  मिल्नुको साथै सधै देवी देवताको समेत कृपा प्राप्त हुने भनाइ छ। शमिको रुख घरको ‘इशान कोण’ अर्थात् पुर्व दिशातर्फ रोप्नु  लाभदायक हुने मान्यता रहेको छ । शमिमा प्राकृतिक अग्नि तत्व पाइन्छ। यो शनिको दोष हटाउनका लागि समेत लाभदायक हुने शास्त्रमा उल्लेख गरिएको छ। साथै बिजया दशमीको दिन शमिको पुजाआजा गर्नाले शत्रुको नाश हुने मान्यता रहेको छ।

शमीको पुजा गर्नाले शनिदेवको कुदृष्टि नपर्ने र सदा उनको कृपा समेत मिल्ने भनाइ रहेको छ।  नवग्रहमा शनि सबैभन्दा शक्तिशाली ग्रह हो।  जब शनि ग्रह सुरु हुन्छ तब मानिसमा यसको राम्रो नराम्रो असर देखा पर्न थाल्छ। त्यसैले शनिको दोषबाट बच्नका लागि भएपनि घरमा शमिको रुख रोप्नु आवश्यक छ।  पिपल र शमिको गुण लगभग एकै प्रकारको हुन्छ।  दुवै वृक्ष शनिको दशा निवारण गर्नका लागि महत्वपुर्ण मानिन्छ।  पिपलको रुख अति नै ठुलो हुने र यसलाई घरमा रोप्न सम्भव नभएकाले पिपलको साटोमा शमिको रुख रोप्ने गरिन्छ। नियमित रुपमा शमिको बोटमा पानी चढाउदा  शनिको नकारात्मक प्रभाव नपर्ने  जनबिश्वास  रहेको छ।

-शमिको रुखमा देवताको वास हुने गर्छ। त्यसैले यसले विभिन्न दोषहरुबाट बचाऊछ।  विभिन्न यज्ञ, समाधिमा शमिको प्रयोगलाई शुभ मान्ने गरिन्छ।

– आयुर्वेदिक दृष्टिले पनि शमिमा अत्यधिक मात्रामा औषधीय गुणहुन्छ । साथै पौराणिक मान्यता अनुसार पनि शमिको बृक्षलाइ अति मंगलकारी मान्ने गरिन्छ।  भनाइअनुसार भगवान श्रीरामले लंका विजय पश्चात शमिको पुजा गरेर आफ्नो मनलाई शान्त बनाएका थिए।

-नवरात्रमा  माता  दुर्गाको पुजाको लागि समेत  शमिको पातको प्रयोग गर्ने गरिन्छ। भगवान गणेश र शनिदेव दुबैको शमि प्रिय वृक्ष हो।

-यसको फुल र पातले हवन गर्न सकेको खण्डमा घरमा धन प्राप्त हुने मान्यता समेत रहेको छ।

-शमिको काँडाको प्रयोग विभिन्न  बाधा र नकारामक शक्तिको नाश गर्नका लागि गरिन्छ। साथै शमिको फुल ,पात ,जरा ,रस आदिको प्रयोगले शनिको दोषबाट छिट्टै नै मुक्ति पाउन सकिन्छ।

अर्को समाचार:

आज र भोलि होलि : राशीअनुसार कस्तो रंगले होली खेल्ने ? हेर्नुहोस् धर्मशास्त्रमा यस्तो छ !