“विप्लव”का भातिजको घरमा खानतलासी गर्न गएको प्रहरी टोलीमाथि आक्रमण , जवान अमर र पुतली घाइते !

काठमाडौँ : बिहीबार बिहान कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा पुगेको प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्।

नेपाल कम्नियुष्ट पार्टी (ने.क.पा) का महासचिव नेत्र विक्रम चन्द “विप्लव”को परिवारसमेत बसोवास गर्दै आएको शिवगढीमा सर्च अपरेसनमा गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका हुन्।

सर्च अप्रेशनका लागि गाउँमा पुगेको प्रहरीको विशेष टोलीले विप्लवका भतिज यादव चन्दको घरमा खानतलासी गर्दागर्दै स्थानीय र उनका परिवारका सदस्यले आक्रमण गरेका हुन्।

यादवको घरमा खानतलासी गर्ने क्रममा विद्यार्थीसहित  स्थानीयले गरेको प्रतिकारमा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

प्रहरीले कपिलवस्तुमै बिहिबार विप्लवका एकजना कार्यकर्तामाथि गोली चलाएको थियो। घर खानतलासी गर्न पुगेको प्रहरी टोलिले हातहतियार फेला पारेपछि फरार भएका दुर्गाबहादुर रोकालाई पक्राउ गर्न गोली चलाएको प्रहरीले जनाएको छ।

उनको खुट्टामा गोली लागेकाले हाल लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित : बिहिबार, फागुन २३, २०७५१६:३८
अर्को समाचार:

‘विप्लव’ नेकपालाई मसालको चेतावनी – सशक्त प्रकारले प्रतिरोध गर्न नपरोस् ! [विज्ञप्ति सहित]