लगातार घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको मुल्य!

काठमाडौँ, फागुन १७   । नेपाली बजारमा मंगलबार यता सुनको मुल्य लगातार घटिरहेको  छ । आज पनि सुनको मुल्य तोलामा एक्कासी ४ सय रुपैयाले घटेको छ । बिहिबार  प्रतितोला ६२ हजार ४ सय रुपैयामा किनबेच  भइरहेको  छापावाला सुनको मुल्य आज ६२  हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य  प्रतितोला  ६१ हजार ७  सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । बिहिबार  प्रतितोला ७ सय  ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ७० मा  कायम रहेको महासंघले जनाएको  छ ।

अर्को समाचार:

ह्वातै घट्यो सुनचाँदीको मुल्य!