नेपाल पैसा पठाउदै हुनुहुन्छ? जानिराखौ आजको विनिमय दर!

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार एक साउदी अरेबियन रियालको खरिददर ३०  रुपैयाँ ३१ पैसा र विक्रिदर  ३० रुपैयाँ ४७  पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र विक्रिदर ३१  रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र विक्रिदर  ३१  रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७  रुपैयाँ ९५ पैसा र विक्रिदर २८  रुपैयाँ  १० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १०  रुपैयाँ १६ पैसा र विक्रिदर १०  रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको  खरिददर ३ सय ७४ रुपैयाँ  ६२ पैसा छ भने विक्रिदर ३ सय ७६ रुपैयाँ ६०  पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय एक रुपैया ४९  पैसा र विक्रिदर ३  सय  ३ रुपैयाँ ०८   पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।यस्तो छ आजको दररेट:

प्रकाशित : बिहिबार, फागुन १६, २०७५१२:५७
अर्को समाचार:

घट्यो कतारी रियालको मुल्य: यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर!