कांग्रेस पार्टी कार्यालय अगाडी नेविसंघका दुई समूहबीच ढुंगा हानाहान , पत्रकार घाइते !

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय अगाडी नेविसंघका कार्यकर्ताहरु बीच झडप भएको छ।

आईतबार करिब १ बजे पार्टी कार्यालयमा पुगेका नेविसंघका सिटौला पक्ष र संस्थापन समूहका विद्यार्थी नेताबीच झडप भएको हो। नेविसंघभित्रको विवादले उग्र रुप लिँदा दुईपक्षका विद्यार्थीबीच ढुंगा हानाहान भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेकाे छ।

संस्थापन समूहका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला पक्ष त्यसको विरुद्धमा उत्रिएको छ। आज पार्टीको कन्द्रीय कार्यलयमा बोलाईएको कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुनुअघि नेताहरुलाई अनुशासनको पालना गर्न दबाव दिने उदेश्यसहित विरोध प्रदर्शन गर्न गएका विद्यार्थीबीचनै झडप भएको हो।

पार्टीको नेतृत्व गर्ने नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले पार्टी कार्यालय सानेपा प्रदर्शन गर्ने र नेताहरुलाई एकढिक्का हुन् प्रेरित गर्ने उदेश्यका साथ विरोध कार्यक्रमको योजना बनाएको थियो।

नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले नेतृत्व गर्ने भनिएको उक्त विरोधको कार्यक्रम सुरु हुनु अगावै दुईपक्षका विद्यार्थीबीच झडप भएपछि सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडी तनावग्रस्त स्थिति सृजना भएको हो। उक्त झडको क्रममा प्रहरीको लाठीचार्बाट समाचार संकलनमा गएका पत्रकार केशव सावद घाइते भएका छन्।

नेविसंघको ११औँ महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग भईसकेको अवस्थामा शाहले सो विरोध कार्यक्रमको नेतृत्व गर्न लागेका थिए।नेविसंघको पुरानो कार्यसमितिको कार्यकाल समाप्त भईसकेको अवस्थामा समेत माऊ पार्टीले नँया नेतृत्व चयनका लागि प्रकृया अगाडी बढाउन नसकेकाले पार्टीभित्र विवाद चुहुलिँदै गएको हो।

 

अर्को समाचार: