विद्या प्राप्तिको लागि सरस्वती पूजाको दिन सरस्वती मातालाई आफ्नो राशि अनुसार चढाउनुहोस् यी रङ्गका कलम

काठमाडौँ : वि.सं. २०७५ साल माघ २७ गते अर्थात् आज आइतबार सरस्वती पूजा या भनौ श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी रहेको छ। माता सरस्वतीलाई सङ्गीत, ज्ञान र विद्याकी देवी मानिन्छ। सरस्वती माताले ज्ञान र बुद्धि दिन्छिन्। सरस्वती माताको पूजा गरेमा अज्ञानी व्यक्ति पनि ज्ञानी बन्ने जनविश्वास रहेको छ। सरस्वती माताको आराधना गरेमा व्यक्तिलाई हरेक प्रकारका ज्ञान, कला, सङ्गीत र वाणीको वरदान प्राप्त हुन्छ। यदि तपाईको ध्यान पढाईमा ठ्याप्पै जाँदैन् भने वसन्त पञ्चमीको दिन सरस्वतीको उपासनाबाट लाभ मिल्नेछ। वसन्त पञ्चमीको दिन राशि अनुसार अलग-अलग रङ्गका कलम माता सरस्वतीलाई चढाएमा अधिक विद्या प्राप्त हुनेछ।

मेष राशि – मनको चञ्चलताको कारण एकाग्रतामा समस्या हुने योग हुन्छ। पढाईमा एकाग्रता बढाउँनको लागि रातो रङ्गको कलम सरस्वती मातालाई अर्पित गर्नुहोला।

वृष राशि – विभिन्न कुराहरु बुझ्न र लामो समयसम्म याद राख्नमा समस्या हुन्छ। अत: यसलाई सुधार्न हरियो रङ्गको कलम सरस्वती मातालाई अर्पित गर्नुहोला।

मिथुन राशि – दिमाग धेरै राम्रो हुँदाहुँदै पनि एक स्थानमा मात्र ध्यान केन्द्रित गर्न सक्दैनन्। पटक-पटक आफूले लिएका निर्णयको कारण भ्रमको शिकार हुनुहुनेछ। यस्तो अवस्थामा सेतो अथवा पारदर्शी कलम सरस्वती मातालाईअर्पित गर्नुहोला।

कर्कट राशि – बुद्धि पनि राम्रो र विद्याको योग पनि राम्रो हुन्छ। परन्तु प्रारम्भिक समयमा सही शिक्षादीक्षा नपाउन सक्छ। अत: बाधाहरुका सामना गर्नुपर्ने छ। सुधारको लागि रातो रङ्गको कलम माता सरस्वतीलाई अर्पित गर्नुहोला।

सिंह राशि – बुद्धिमानी भए तापनि यिनीहरुमाथि यति धेरै दायित्व हुन्छन् कि यिनीहरु शिक्षाको क्षेत्रमा अक्सर पछाडी नै हुन्छन्। शिक्षा र विद्यामा उन्नति र प्रगतिको लागि माता सरस्वतीलाई पहेलो रङ्गको कलम अर्पित गर्नुहोला।

कन्या राशि – विद्या,बुद्धिमा उत्तम हुन्छन् र शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट हुन्छन्। तर कहिलेकाहीँ अधिक आत्मविश्वास यिनीहरुका लागि घातक बन्नेछ। अधिक आत्मविश्वासलाई नियन्त्रण गर्नका लागि यस राशिका जातकले मातालाई निलो रङ्गको कलम चढाउँदा उत्तम हुनेछ।

तुला राशि – यस राशिका मानिस देखावटीपन र ग्लामर यति चाँडै फँस्छन् कि अन्यत्र ध्यान दिनै सक्दैनन्। फलत: शिक्षा र करियर नष्ट हुन्छ। यसको समाधानको लागि कालो रङ्ग या निलो रङ्गको कलम मातालाई अर्पित गर्नुहोला।

वृश्चिक राशि – प्राय; यस राशिका जातक शैक्षिक र करियरमा केही फरक गर्न चाहन्छन्। तर बीचैमा बाटो बिराउँछन् किनकी यिनीहरु सही समयमा सही निर्णय लिन सक्दैनन्। यसलाई सुधार्नको लागि यस राशिका मानिसले मातालाई पहेलो रङ्गको कलम अर्पित गर्नुहोला।

धनु राशि – जीवनको प्रारम्भिक कालमा समस्याका कारण यस राशिका जातकले मनले चाहेका शिक्षा ग्रहण गर्न पाउँदैनन्। तथापि यिनीहरु आफ्नो करियरलाई सही दिशामा लान्छन्। मातालाई रातो रङ्गको कलम अर्पित गरेर विभिन्न समस्याबाट निजात पाउनुहोला।

मकर राशि – प्राय: सही समयमा सही निर्णय लिन्छन्। शिक्षा र प्रतियोगितामा अझ बढी सफलता पाउँछन्। परन्तु थुप्रै काम एकैपटक गर्ने चक्करमा मामिला बिग्रिन्छ। लक्ष्यमा ध्यान केन्द्रित गर्नको लागि मातालाई सेतो या पारदर्शी कलम अर्पित गर्नुहोला।

कुम्भ राशि – बुद्धि अत्यन्तै तेज र राम्रो हुन्छ। तर करियरमा लापरवाह हुँदा सही ठाउँमा पुग्न सक्नुहुन्न, जहाँ तपाई पुग्नु पर्ने हो। लापरवाही कम गर्नको लागि हरियो रङ्गको कलम अर्पित गर्नुहोला।

मीन राशि – दिमाग अरु कसैको हानि-नोक्सानी पुर्याउनमा नखर्चिनुमा नै उत्तम हुनेछ। शान्तपूर्वक रहनुभएमा शिक्षा र प्रतियोगिता अझ राम्रो परिणाम मिल्नेछ। अझ सुधार्नको लागि मातालाई सेतो रङ्गको कलम अर्पित गर्नुहोला।

अर्को समाचार:

आज श्रीपञ्चमी : देशभर सरस्वती माताको पूजा आराधना गरी मनाइँदै