३७२० घण्टा लगाएर बनाइएको प्रियंकाको लेहेङ्गाको तस्विर भयो भाइरल, हेर्नुहोस तस्विर!

एजेन्सी, बलिउडकी देसी गर्ल प्रियंका चोपडा हाल पति निक जोनसको साथ अमेरिकामा बसेकी छिन् । पछिल्लो दिन प्रियंका र निक आफ्नो परिवार र साथीको साथ न्यू इयर मनाउन स्विजरल्याण्ड पुगेका थिए । दुवैको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको थियो । १ र २  डिसेम्बर २०१८ मा यि दुईले विवाह गरेका थिए । विवाहको एक महिना भयो तर यस शाही विवाहको चर्चा अझै पनि छ । हाल मात्रै निक-प्रियंकाको हिन्दु विवाहको केहि तस्विरहरु सार्बजनिक भएको छ । जसमा प्रियंकाको दुलहीको अवतार निकै सुन्दर देखिएको छ ।

फेमस डिजाइनर सब्यसाचीले प्रियंकाको विवाहको केहि तस्विरहरु शेयर गरेका छन् । यि तस्विरहरु प्रियंकाको विवाहको हो जसमा उनि विवाहको रातो घुम्टोमा  देखिएकी छिन् । वास्तवमा प्रियंका चोपडाले विवाहमा सब्यसाचीको लेहेंगा लगाएकी थिइन्।

एक तस्विरमा प्रियंकाको अनुहार घुम्टोले आधा ढाकीएको देखाइएको छ । यस तस्विरमा प्रियंका निकै सुन्दर देखिएकी छिन् ।  अर्को एक तस्विरमा प्रियंकाको साइड लुक देखिएको छ ।

प्रियंकाको यस  लेहेंगामा ११० कलकत्ताको चर्चित ११० इम्ब्रोइडरी प्रयोग गरिएको छ जसलाई बनाउन ३७२० घण्टा लागेको थियो । दुवैले दुई रिति रिवाजले विवाह गरेका थिए । जस पश्चात मुम्बईमा  ग्राण्ड रिसेप्शन राखेका थिए ।

अर्को समाचार:

फ्यानहरु माझ विपाशाले शेयर गरिन् पतिलाई किस गर्दै गरेको यस्तो तस्विर!