भगवान राम भन्दा पनि विद्वान थिए रावण ! हेर्नुहोस् रावणसंग जोडिएका यी रोचक रहस्य !

एजेन्सी- रावणलाई रामायणमा एक प्रमुख घटकको रुपमा वर्णन गरिएको छ। रावण लंकाका महाराजा रहेका थिए। उनी बिना रामायण अपूर्णनै हुने थियो। हिन्दू धर्म मान्ने लगभग सबैलाई रावणको बारेमा थाहा हुन सक्छ। तर केहि तथ्य भने सबैलाई थाहा नहुन सक्छ। रावणको बारेमा धेरैलै थाहा नहुने तथ्य निम्न उल्लेखित रहेका छन्।

रावणको हजुरबुबाको नाम प्रजापति पुलत्स्य रहेको थियो। उनि भगवान ब्रम्हामा दशौ पुत्र मध्ये एक रहेका थिए। ब्रम्हाको परिवार भएर पनि रावणले धर्मको पालना नगरेको कारण राम रावणको वध गर्न वाध्य भएका थिए।

हिन्दू ज्योतिषशास्त्रमा रावण संहितालाई एक बहुत महत्वपूर्ण पुस्तक मान्ने गरिन्छ। रावण संहिताको रचनाकार आफै रावण रहेका थिए। रावण आफ्नो समयका सबै भन्दा ठूलो विद्वान रहेका थिए। साथै उनी संगीतका पनि ठूलै पारखी रहेका थिए। उनले वीणा बजाएको सुन्न भगवानहरु पनि आउने गर्थे।

रावणको वध गरेपछि रामले लक्ष्मणलाई रावणको शरीर नजिक बस्न निर्देशन दिएका थिए। अनेक विद्या साथै कलाका धनि रावणसंग राजपाट अस्त्र चलाउन र नियन्त्रणको बारेमा सिक्नको लागि रामले लक्ष्मणलाई रावणको वध भएको शरीर नजिक पठाएका थिए।

प्रकाशित : शनिबार, असोज १३, २०७५१५:४६
अर्को समाचार:

यी अंगमा किस गरेको सबै भन्दा धेरै मन पराउँछन् महिलाहरु ! चुम्बनको बारे महिलाहरु यस्तो सोच्छन् !