भजन र कीर्तनमा के अन्तर छ ? यी हुन् यसका महिमा

काठमाडौँ – व्यक्तिको जिउने एक मात्र आधार भनेको ईश्वर हो। व्यक्ति ज्ञान, कर्म र भक्तिका थुप्रै मार्गहरुबाट ईश्वर पाउने प्रयास गर्छन्। भक्ति सर्वश्रेष्ठ मार्ग हो र भक्तिबाट ईश्वर पाउन सबैभन्दा सरल हुन्छ।

भक्ति र एकाग्रताको लागि भजन, कीर्तन र स्मरण जस्ता तमाम चिजहरुका सहारा लिईन्छ। भजन र कीर्तनबाट मनको अवस्था तीव्र गतिमा उन्नत हुन्छ। त्यस पछि यदि ध्यान गरिएमा या प्रार्थना गरिएमा त्यो तुरुन्तै पूरा हुन्छ। भजन र कीर्तनको सही प्रयोगबाट नै व्यक्तिले रोग तथा मानसिक समस्याहरुबाट मुक्ति पाउँछ।

भजन र कीर्तनमा के अन्तर छ ?

भजनमा व्यक्ति, ईश्वरको नाम जपिन्छ, यसको प्रभाव सामान्य हुन्छ।

• जबकि कीर्तनमा व्यक्ति, ईश्वरको नामका मन्त्र जपिन्छ र यसको प्रभाव अद्भुत हुन्छ।

• भजन पछि उपासनाको आवश्यक हुँदैन, जबकि कीर्तन पछि उपासना आवश्यक हुन्छ।

• भजन एक गीत जस्तो हुन्छ, जबकि कीर्तन कुनै मन्त्र विशेषको उच्चारण हो।

भजन-कीर्तनको महिमा

• कीर्तन जति धेरै मानिसहरुको साथ गरियो र जति लामो समयसम्म गरियो त्यतिनै बढी प्रभावशाली हुन्छ।

• कीर्तन यदि नृत्यको साथ गरिएमा रोगहरुबाट मुक्ति मिल्न सक्छ।

• शिवजी र पार्वतीले नृत्यसँग कीर्तनको आविष्कार गरेका थिए। जसको मद्दतले हरेक प्रकारका रोग र तनावबाट मुक्ति मिल्न सक्छ।

• जहाँ कीर्तन हुन्छ, त्यहाँ अवश्यै ईश्वरको बास हुन्छ।

• कुनै स्थान या घरमा नियमित रुपमा कीर्तन गरेमा त्यस स्थान या घरको सारा नकारात्मक उर्जा दूर हुन्छ।

कसरी गर्ने कीर्तन ताकि मानसिक र आत्मिक लाभ मिलुन ?

• नियमित रुपमा पूजा उपासना अघि कीर्तन गर्नुहोला।

• कीर्तन गर्दा दुवै हात माथि उठाउनुहोस् र भगवानको स्मरण गरी कीर्तन गरिरहनुहोस।

• कीर्तन पछि आफ्नो साधना या आराधना सुरु गर्नुहोस्।

अर्को समाचार:

यी ५ राशिहरुको जुलाई महिनामा चम्किनेछ भाग्य, बन्यो यस्तो शुभ संयोग!