प्रदेश-३ का मुख्यमन्त्री पौडेल र केन्द्रिय अर्थमन्त्री डा. खतिवडाबीच भेटवार्ता

दिपक पराजुली
हेटौँडा । नेपाल सरकारको ‘समृद्द नेपाल सुखी नेपाली’ भन्ने मूल नारा अनुरुप बृहत कार्य योजना अन्तर्गत प्रदेश न ३ का मुख्यमन्त्री डोरमणी पौडेल र नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बीच भेटवार्ता गर्नुभएको छ।

मंगलबार भएको दुई पक्षिय भेटमा प्रदेश सरकारले आगामी आर्थिक बर्ष २ ०७५/७६ को लागि नीति तथा कार्यक्रममा प्रदेशमा उठाउनु पर्ने करका बिषयहरु , करको दायरा लगायतका नीति निर्माणका विषयमा समेत छलफल भएको थियो।

यसका साथै प्रदेश सरकारले ल्याउने महत्वपूर्ण परियोजनाहरु लगायत स्रोत र साधनको बाँडफाँडका विषयमा पनि भेटका क्रममा छलफल भएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिब अनुप पौडेलले जनाए।

अर्को समाचार:

प्रहरी वृत्त थिमि घेराउ