खेलकुदमन्त्रीले गरे भैँसीगोठ उद्घाटन ! यसरि हुन्छ खेलकुदको विकास ?

काठमाडौँ,अहिले सामाजिक संजालमा नेपालका युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले भैँसीगोठ उद्घाटन गरेको तस्बिर भाइरल भैरहेको छ। तस्वीर भाइरल भएसँगै उनि माथि खेलकुदमन्त्री हुन् कि पशु (कृषि) मन्त्री हुन् छुट्याउन गार्हो भएको भन्दै व्यंग गर्न थालिएको छ। तस्विरमा मन्त्री सुनार रातो रिबन काट्दै भैँसीगोठको उद्घाटन गरिरहेको देख्न सकिन्छ।

सरकारले उनलाई खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने जिम्मेवारी दिएको भएता पनि आफ्नो जिम्मेवारी सिमित नभएको उनले उद्घाटनबाट प्रष्ठ पार्न खोजेको जस्तो बुझिन्छ। खेलकुद क्षेत्रमा केहि गर्ने जाँगर नभएको कारण भैँसीगोठ उद्घाटनमा रमाइरहेको समय आरोप लग्न थालेको हो।

खेलकुदको क्षेत्र सुधर्नको लागि ठुलै जिम्मेवारी पाएको भएता पनि मन्त्रि सुनार भैँसीगोठ उद्घाटन व्यस्त हुनुले खेलकुद कता गैरहेको छ भन्ने प्रष्ठ बुझ्न सकिन्छ। साथै अहिले मन्त्री सुनार कहिले किन र कसको भैँसीगोठ उद्घाटन गर्ने पुगे भन्ने विषय पनि चर्चाको विषय बनिरहेको छ।

प्रकाशित : आइतबार, जेठ १३, २०७५१०:४९

उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण !