केहिबेरमा सूर्य राशि परिवर्तन गर्दै ! ९ बजेर ०२ मिनेट पछि यी राशिको चम्कनेछ भाग्य !

एजेन्सी, सूर्य  १३ फेब्रुअरी (बुधवार) मा कुम्भ राशिमा प्रवेश गर्दैछ  । सूर्य बिहान ९ बजेर ०२ मिनेटमा प्रवेश गर्नेछन् । सर्वार्थ सिद्धि योगमा सूर्य बुधको साथ आउने हुदा कुम्भ राशिमा सूर्य र बुधको मिलन हुनेछ । शनिको दृष्टि सूर्य बुधमा हुनेछ । यसको महा योग बनेको छ । यस फाल्गुन संक्रान्तिमा तपाइलाई निकै लाभ मिल्नेछ । तपाइले मालामाल हुने उपाय गर्न सक्नु हुनेछ किनकी  यस्तो शुभ अवसर सयौ बर्ष पश्चात पहिलो पटक आएको छ ।

मेष

यस परिवर्तनले मेष राशिका मानिसको जीवनमा अब सब ठिक हुनेछ । कामको ढिलाईले निराश नहुनुहोस् अन्तर्वार्तामा सफलता मिल्नेछ । गणेश जीलाई लड्डु चढाउनु होस् ।

वृष

पैशाको कारण चिन्तित  हुनुहुन्छ भने  अब यो समस्या तपाइबाट टाढा हुनेछ । आयको श्रोत बढ्नेछ । सबै रोकिएका कामहरु बन्न थाल्नेछ ।

मिथुन

प्रेममा सफलता मिल्नेछ । कामलाई जोड दिनु पर्नेछ । पढाइको आएको बाधा  सुल्झनेछ । साथिहरु संग भेटघाट हुनेछ ।

कर्कट

अफिसमा मन लागि रहेको छैन ? बाहिरको काम सक्काउनुहोस् । यात्राको योजना बनाउन सक्नु हुनेछ । हनुमान जीलाई फूल चढाउनुहोस् ।

सिंह

यात्राबाट हानि हुनेछ । आफ्नो काममा लागि रहनुहोस् । धन लाभको योग बन्नेछ । गलामा सुन्तला रंगको धागो धारण गर्नुहोस् ।

कन्या

नयाँ मित्रताबाट लाभ मिल्नेछ । नया जागिरको योग बन्नेछ । सानो अलैची  साथमा राख्नुहोस् ।

तुला

भविष्यको चिन्ता छोड्नुहोस् । हनुमान जीको पूजा गर्नुहोस्, बाधाहरु टाढा हुनेछ । शिक्षामा राम्रो प्रदर्शन गर्नु हुनेछ ।

वृश्चिक

कुनै पनि काममा रिस र जिद्दी गर्दा नोक्सानी हुन सक्छ । शान्तिसंग काम गर्दा लाभ हुनेछ । व्यापार र नोकरीमा सफलता मिल्नेछ ।

धनु

सूर्यको राशी परिवर्तनबाट खुसिको खबर मिल्नेछ । कुनै ठुलो काम बन्नेछ । मनको कुनै इछा  पुरा हुनेछ ।

मकर

धैर्य बनाई राख्नुहोस् । जागिरमा लाभ मिल्नेछ । पढाईमा उन्नति हुनेछ । नुन दान गर्नुहोस् ।

कुम्भ

मानसिक तनाव कम हुनेछ । रोकिएको काम  बन्न थाल्नेछन् । व्यापार र पढाईमा मन लाग्नेछ ।

मिन

हतार गर्दा नोक्सान हुन सक्छ । मनलाई स्थिर राख्नुहोस् । आमालाई निराश नबनाउनुहोस् । दहि खाएर मात्र घरबाट निस्कनुहोस् ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१४:१८

फागुन ३ देखि ९ गतेसम्म यी राशि हुनेहरुलाई लाभै-लाभ मिल्ने ! हेर्नुहोस् साप्ताहिक राशिफल !