यति कार्पेटको गोदाममा भिषण आगलागी ! करोडौंको क्षति भएको अनुमान !

काठमाडौँ- ललितपुरको भैंसेपाटीमा रहेको यति कार्पेटको गोदाममा आगलागी भएको छ। आगलागीको कारण करोडौंको धन-माल जलेर नष्ट भएको प्रहरीले जानकारी गराएको छ।

प्राप्त जानकारी अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ। कार्पेट तथा मयाट्रेस भएको त्यस गोदाममा सोमबार दिउँसो १ बजे आगलागी भएको हो।

४ दमकल र ५ ट्याङ्कर तथा सुरक्षाकर्मी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। आगलागी हुनुको कारण भनि खुल्न बाँकि रहेको बुझिएको छ।

आगलागीको कारण क्षति बारे भने एकिन भैसकेको छैन।

प्रकाशित : सोमबार, माघ २८, २०७५११:०५

हिजो साँझ पिकअप भ्यान अनियन्त्रित भई खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु !