पेटमा बच्चा भएकी श्रीमतीको घाँटी रेटेर हत्या ! श्रीमतीको लाससँग रात बिताएपछि आत्मसमर्पण !

Leaderboard Banner
सांकेतिक तस्विर

एजेन्सी- के तपाई शवसँगै सुत्न सक्नु हुन्छ ? पक्कै सक्नु हुन्न होला। सायदै शवसँग सुत्न सकिएला। घटना भारतको रहेको छ। एक व्यक्तिले श्रीमतीको हत्या गरि श्रीमतीसँग रात बिताएर बिहान आत्मसमर्पण गरेका छन्।

भारतकाे महाराष्ट्र प्रदेशको उस्मानाबादमा विनोद धानसिंह पवार नाम गरेका पुरुषले श्रीमतीको लाससँगै रात बिताएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

उस्मानाबाद स्थित ओमरेगा तहसीलमा बस्दै आएका विनोदले बिहीबार श्रीमतीको हत्या गरेका थिए। सामान्य विषयमा विवाद हुँदा विनोदले श्रीमती प्रियंका राठोरको घाँटी रेटी हत्या गरेका थिए।

गर्भवती रहेकी प्रियंकासँग विनोदले पैसाको विषयमा झगडा गर्नेगरेको परिवारजनको आरोप छ। पैसाकै विषयमा झगडा हुँदा प्रियंकाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। यस बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटना यस्तो छ :

नर्स रहेकी प्रियंकासँग बोरवेल कमिशनमा एजेण्टको रुपमा काम गर्दै आएका विनोदको नौ महिना अगाडी मात्रै विवाह भएको थियो। पाँच महिनाकी गर्भवती रहेकी प्रियंकाको विनोदले बिहिबार अबेर हत्या गरे। हत्या गरेपछि विनोद रातभर शवसँगै सुते। शुक्रबार बिहान मात्रै विनोदले प्रहरी थाना पुगेर घटना बारे विस्तृत जानकारी गराउंदै आत्मसमर्पण गरे।

प्रकाशित : आइतबार, माघ २७, २०७५११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :