भोलि कार्तिक २९ गते बिहिबार, तपाईको दिन कसरी बित्ला? हेर्नुहोस् भोलिको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईको हरेक कार्यमा सरकारी तर्फबाट सहयोग मिल्ने देखिन्छ भने भोलि तपाईको राजनीतिक कार्य पनि सफल हुने देखिन्छ। स्वास्थ्यमा केहि समस्या आउने भएता पनि आर्थिक रुपमा भने भोलिको दिन धेरै शुभ हुनेछ। कार्यालयमा महत्त्वपूर्ण मुद्दाहरूबारे उच्च अधिकारीहरूसँग छलफल गरिनेछ। गृह सजावटको लागि जुट्ने समय रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि विदेश भ्रमणको अवसर प्राप्त हुन सक्ला भने भोलि व्यवसायिक यात्राबाट उल्लेख्य आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा भएका सम्पूर्ण समस्या हल हुने देखिन्छ। सोचेअनुरूप दिन व्यतित हुँदा मानसिक रुपमा पनि स्वस्थ अनुभव गर्नु हुनेछ। भोलि अध्ययनमा रुची मात्र नभई प्रगति पनि मिल्नेछ। कृषिको क्षेत्रमा भनेको जस्तै लाभ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईले आफ्नो क्रोधमा नियन्त्रण राख्नु होला। साथै भोलि तपाईले आफ्नो बोलि र व्यवहारमा पनि नियन्त्रण राख्न आवश्यक देखिन्छ। आफ्नै भनिएकाबाट धोका हुन सक्ला। भोलि तपाईले कानुनी कार्य गर्दा पनि संयमता अपनाउनु होला। अध्ययनमा मन जाने देखिंदैन। तर भोलि आध्यात्मिकताले भने शान्ति मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलिको दिन सामाजिक र व्यवसायिक क्षेत्रमा तपाईंको लागि लाभदायक साबित हुनेछ। सामान र आभूषणका लागि भोलि भोलि तपाईको खर्च बढ्न सक्ला। घर-जग्गा सम्बन्धि लेनदेनको लागि भोलिको दिन धेरै शुभ देखिन्छ। साझेदारीमा लाभ हुनेछ। भोलि लामो दूरीको यात्रा रहन सक्ने देखिन्छ भने प्रेम सम्बन्ध पनि प्रगाड हुन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाईमा सहनशीलता बढेर जाने देखिन्छ भने भोलि महत्वपूर्ण निर्णय आफ्नै बलमा लिन तपाई सफल हुनुहुनेछ। भोलि तपाईको मानसिक स्थितिको कारण धेरै सफलता मिल्नेछ। कलाकारको लागि भोलिको दिन धेरै शुभ देखिन्छ। भोलि प्रेमीबाट उपहार पनि मिल्नेछ भने विदेश देखि शुभ समाचार पनि आउन सक्ला। तर साँझ भने अधिक परिश्रम हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईलाई परिवारको स्वास्थ्यले चिन्तित बनाउने देखिन्छ भने भोलि खर्च पनि अधिक हुनेछ। आफैंलाई पनि भोलि स्वास्थ्य समस्या हुनेछ। तर भोलि प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। भोलि धेरै समय देखि भेट नभएका व्यक्तिसँग भेट हुन सक्ला। मध्यान्न पछि स्वास्थ्यमा सुधार हुनेछ भने नयाँ कार्य थालनीको लागि पनि भोलि शुभ देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाई अत्याधिक भावनाशील रहनु हुने देखिन्छ। आर्थिक कार्यमा पनि भावनाशील रहनाले आर्थिक व्यय हुनेछ। भोलि तपाईलाई परिवारबाट खासै सहयोग मिल्ने देखिँदैन। भोलि यात्रा गर्नको लागि दिन खासै शुभ छैन। भोलि अचल सम्पतिको कारोबार देखि टाढा रहनु भएको उचित हुनेछ। सरकारी क्षेत्रबाट तपाईको कार्यमा अवरोध हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्य सफलता, आर्थिक लाभ र भाग्यवृद्धिको कारण भोलि तपाईको दिन धेरै शुभ बित्नेछ। नयाँ कार्य सुरु गर्न तपाईलाई परिवारबाट मात्र नभई मित्रजनबाट पनि सहयोग मिल्नेछ। तर भोलि तपाईले आफ्नो गोपनियताको भने धेरै ध्यान दिनु पर्ने देखिन्छ। प्रिय व्यक्तिसँग भेटको कारण दिमागले आनन्दको अनुभव गर्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

द्विधायुक्त मनःस्थितिको कारण भोलि तपाईलाई असहज हुने देखिन्छ। पारिवारिक कलहको कारण मन विचल्लित हुन सक्ला। कुनै पनि निर्णय लिंदा राम्रोसँग सोच्नु होला। भोलि कुनै पनि नयाँ आर्थिक कार्य शुरु गर्नको लागि खासै शुभ देखिँदैन। टाडा बस्ने मित्रको कारणले समेत घाटा पुग्न सक्ला। भोलि साझेदारीको लागि दिन खासै राम्रो छैन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक कार्यसँग भोलिको दिनस शुरु गर्नु भएमा धेरै राम्रो हुन सक्ला। गृहस्थजीवन धेरै आनन्दमय हुनेछ। भोलि तपाईलाई प्रेमीसँग समय व्यतित गर्ने मौका मिल्न सक्ला। शारीरिक, मानसिक रूपबाट भोलि तपाई प्रफुल्लित महसुस गर्नुहुनेछ। नौकरी व्यवसायमा पनि अनुकूल परिस्थितिहरूको शिर्जना हुनेछ। तर भोलि तपाई दुर्घटना देखि सजक रहनु होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि खर्चहरू वृद्धि हुनेछ। स्वास्थ्यमा ध्यान दिनु पर्ला। परिवारका सदस्यहरु संग संघर्ष वातावरण हुनेछ भने भोलि तपाईको कार्य विभाजित हुनेछन्। नयाँ कार्य थालनीको लागि भोलिको दिन खासै शुभ छैन। स्वास्थ्यले पनि साथ नदिने देखिन्छ। सोचेअनुरूप दिन नहुँदा आर्थिक समस्याले सताउनेछ। भोलि आफ्नो व्यवसायमा कानुनी समस्या नहोस् भन्नको लागि सजक रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि व्यवसायको क्षेत्रमा आय बढ्ने देखिन्छ। आफ्नो व्यवसायमा लगानी थप गर्नको लागि दिन धेरै शुभ देखिन्छ। भविष्यको लागि लाभदायक हुने काम शुरु हुनेछ। बच्चा र पत्नीबाट सुसमाचार प्राप्त हुनेछ। आकस्मिक धनलाभको पनि सम्भावना देखिन्छ। भोलि तपाईको घरमा धार्मिक कार्यको आयोजना हुन सक्ला। यात्राको लागि पनि दिन धेरै शुभ देखिन्छ।

प्रकाशित : बुधबार, कार्तिक २८, २०७५१२:१३

आज कार्तिक २९ गते बिहिबार, तपाईको दिन कसरी बित्ला? हेर्नुहोस् आजको राशिफल!