हामीले जीवनमा त्यस्ता कैयौ व्यक्तिहरु भेट्ने गर्छौ, जो कहिले आफ्नो गल्ती स्वीकार गर्दैनन्। हामी त्यस्ता व्यक्तिलाई जिद्दी भन्ने गर्छौ। यदि उनीहरू गलत नै भए पनि कसैसँग माफी माग्न रुचाउँदैनन्। यस्तो बानी मानिसको राशिको प्रभावका कारण पनि हुन सक्छ। ज्योतिष शास्त्रका अनुसार, मानवको यस्तो व्यवहार उसको राशिसँग सम्बन्धित हुने गर्छ । मानिसको स्वभावमा उनका राशिले निकै असर पारिरहेको हुन्छ।
आज हामी ती ४ राशिहरुका बारेका चर्चा गर्नेछौ, जो आफ्नो पुरै जीवनमा कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन। यी राशिका व्यक्तिहरु आफुले गल्ति नै गरेको भए पनि माफी माग्न तयार हुदैनन्।
वृष राशि:
वृष राशिका व्यक्तिहरुलाई गल्ती स्वीकार गर्न मन पर्दैन। पृथ्वी तत्वको राशि भएका कारण उनीहरु निकै जिद्दी र वहस गर्ने किसिमका हुन्छन्। यदि तपाई, कहिल्यै यो राशिको व्यक्तिसँग बहसमा पर्नुभयो भने होशियार रहनुहोला, किनकि यी व्यक्ति आफूलाई सही साबित गर्न कुनै पनि हदसम्म जान सक्छ। यी राशिका व्यक्तिहरु आफ्नो कुरा र विचारलाई लिएर निकै स्पष्ट र स्थिर हुने गर्छन्। यस कारण, यस राशिका व्यक्ति कुनै पनि मुद्दालाई अन्य दृष्टिकोणबाट हेर्न सक्दैनन्।
सिंह राशि:
सिंह राशिका व्यक्ति सधैं राम्रो बन्ने प्रयास गरिरहन्छ। उनीहरु आफुलाई लडाकू, हिरो अथवा नेता सम्झिन्छन्। सपनामा समेत उनीहरुले केही गलत गरेको देख्दैनन्। उनीहरु सोच्छन् कि, यदि उनीहरूले केहि गलत गर्दैछन् भने यसको पछाडि एउटा सही कारण छ। यस कारण उनीहरू माफी माग्न कहिल्यै आवश्यक ठान्दैनन्। सबै कुराका दुई पक्ष हुन्छन् भन्ने कुरा उनीहरुलाई थाहा हुदैन।
वृश्चिक राशि:
वृश्चिक राशिका व्यक्तिहरुबाट माफीको आशा गर्नु भनेको, दिनमा सपना देख्नु जस्तै हो। उनीहरुको व्यवहारले अरूलाई समस्या निम्त्याउन सक्छ तर, यस्तो कुरा उनीहरु कहिल्यै स्वीकार्दैनन्। यिनीहरुलाई षडयन्त्रकारी पनि भन्न सकिन्छ। कुनै पनि कठिनाईलाई पार गर्न वा आफूलाई सही प्रमाणित गर्न, उनीहरू निकै माहिर हुन्छन्। आफुबाटनै गल्ति भएको थाहा पाए पनि उनीहरु गल्ति स्वीकार्न भने मान्दैनन्।
कुंभ राशि:
कुंभ राशिका व्यक्तिहरुले माफी माग्छ भनेर आशा गर्नु तपाइको सबैभन्दा ठुलो गल्ती हो। यदि उनीहरू कुनै गल्ती गर्छन् भने आफ्नो गल्ती त्यति सजिलै स्वीकार गर्दैनन्। यी व्यक्ति आफ्ना गल्तीहरू स्वीकार गर्न र त्यसको सामना गर्न निकै डराउँने गर्छन्। ‘केहि समय बित्यो भने, अगाडिका व्यक्ति आफैले उनीहरुको गल्ती बिर्सनेछ’ भन्ने उनीहरुको धारणा हुन्छ। गम्भीर मुद्दा वा कुराकानीहरुमा पनि यी व्यक्ति माफी माग्न रुचाउदैनन्।