काठमाडौँ – निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन्।
बास्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका हुन्। उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको बताइएको छ।
बास्कोटाले मुद्दा हालेको बारे सामाजिक संजाल मार्फत जानकारी समेत गराएका छन्। आफू विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्ध न्याय माग गदै मुद्दा दायर गरिएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन्।
“म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।”,उनले ट्वीटरमा लेखेका छन्।
बताइएअनुसार, उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनमा बार्गेनिंग गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका हुन्।
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
गत हप्ता बास्कोटा र मिश्रको एक अडियो टेप सार्वजनिक भएको थियो। जसमा बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बार्गेनिंग गर्दै गरेको सुनिएका थिए। अडियो बाहिर आएसँगै उनले राजिनामा दिएका थिए।
यता प्रधानमन्त्रीले समेत बास्कोटाको बचाऊ गर्दै आएका छन्। बिहिबार मात्रै उनके भक्तपुरमा आयोजित नेता तथा कार्यकर्ता प्रशिक्षणका क्रममा बास्कोटाले घुस मागेको प्रमाणित भैनसकेको दावी गरेका थिए।