स्वस्तिमालाई मन नपरेको वर्षालाई मन पर्यो: स्वस्तिमाकै कारण खुल्यो भाग्य !

काठमाडौँ – र्चित गायक प्रकाश सपुतले फिल्म ‘परदेशी २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। सफल चलचित्र ‘परदेशी’ को सिक्वेलबाट उनको नेपाली चलचित्र क्षेत्रमा डेब्यु हुन लागेको हो।

गत हप्ताको शुक्रबारबाट चलचित्रको छायांकन शुरु भैसकेको छ। हालसम्म धेरै चर्चित गीत गाइसकेका सपुतको डेब्यु चलचित्रमा उनलाई वर्षा शिवाकोटीले साथ दिनेछिन्।

यस चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि अभिनय रहने बताइएको छ। केहि दिन अगाडी मात्रै ‘परदेशी २’मा केकीको पनि इन्ट्री हुने बारे खबर सार्वजनिक भएको थियो।

हालसालै भने यस चलचित्रलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ। ‘परदेशी २’मा प्रकाश सपुतको जोडीमा वर्षालाई भन्दा पहिला अर्कै नायिकालाई अफर गरिएको खुलासा भएको हो।

बताइएअनुसार, पहिला वर्षाको ठाउँमा स्वस्तिमा खड्कालाई प्रस्ताव गरिएको थियो। तर, स्वस्तिमाले अनेक बहाना बनाएपछि निर्माण पक्षले वर्षालाई लिने निर्णय गरेको थियो।

चलचित्रको पहिलो सिक्वेलनै मन नपरेको कारण उनले चलचित्रमा कम गर्न आनाकानी गरेको बताइन्छ। चलचित्रको पहिलो सिक्वेलमा गायक प्रशान्त तामाङ् मूख्य भूमिकामा देखिएका थिए भने उनलाई अभिनेत्री रजनी केसीले साथ दिएकी थिइन्।

पछिलो सिक्वेल वैदेशीक रोजगारीको कथामा बनेको थियो। दोस्रो सिक्वेल भने विदेश पढ्न गएका विद्यार्थीको दु:ख र त्यहाँको सङ्घर्षलाई मूख्य विषयवस्तुमा केन्द्रित रहने बताएको छ।

प्रकाशित : , ०, ००८:२४

रेल्वे कम्पनीलाई चाहियो २२६ कर्मचारी, जागिर खुल्दै !