केहि दिन पहिले चर्चित अभिनेत्री, मोडल तथा रियालिटी शो बिग बोस सीजन-४ को प्रतियोगी पामेला एंडरसनले बिहेको भएको १२ दिनमै श्रीमान जन पीटर्सलाई डिभोर्स दिएकी छन् । त्यसपछि निर्माता जन पीटर्स मिडियामा आएका छन् । उनले पामेला एंडरसनलाई २ लाख डलर बराबरको पैसा तिरेको दाबी गरेका छन्। त्यस्तै जनले पामेलाको लागि नयाँ कपडा पनि किने । पीटर्स अनुसार पामेलाले उनको पैसाको लागि बिहे गरेकी थिइन्।
पामेला एंडरसन र जन पीटर्सले लामो समयसम्म एक-अर्कालाई डेट गरेपछि बिहे गर्ने फैसाला लिएका थिए । तर हाल पामेला एंडरसनले विवाह भएको केहि दिनमै अलग हुनको लागि बयानमा यस्तो भनेकी थिइन् दिएकी थिइन् । उनले यस्तो भनेकी थिइन्, ‘ मैले र जनले विवाहलाई राम्रो मोडमा समाप्त गरेका छौ । म तपाईको समर्थनको लागि निकै आभारी रहेको छु, किनकि हामी दुवैलाई पुन मुल्यांकन गर्न जरूरी छ कि हामी एक-अर्काको जिन्दगीबाट के चाहन्छौ।’
पामेलाको उमेर ५२ वर्ष हो भने जन उनीभन्दा २० वर्ष ठुला हुन् । जन ‘ब्याटम्यान’ निर्माताको रुपमा चिनिन्छन् । पामेलाले जन पीटर्सभन्दा पहिला टमी ली र किड रकसँग बिहे गरेकी थिइन् । त्यसपछि उनले रिक सलोमनसँग दुईपटक बिहे गरेकी थिइन् । पामेला भारतीय रियालिटी शो बिग बोस सीजन-४ मा देखिसकेकी छन् । पामेला बिग बोसको घरमा तीन दिनसम्म रहेकी थिइन् र उनले यसको भारी रकम लिएकी थिइन् ।