लगातार बढेको सुनको मुल्य आज घट्यो, यस्तो छ आजको भाउ!

काठमाडौँ, फागुन १३ । पछिल्लो केहि दिनयता  लगातार बढिरहेको सुनको मुल्य आज भने घटेको छ । आज मंगलबार सुनको मुल्य तोलामा ३  सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ८०  हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७९  हजार ७ सय रुपैया तोकेको छ ।

सोमबार  छापावाला सुनको मूल्य प्रतितोला ८०  हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८०  हजार रुपैयामा खरिद बिक्री भइरहेको थियो। सोमबारको  सुनको भाउ अहिलेसम्म कै महँगो  हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

त्यसै गरि, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।  आज चाँदीको मुल्य प्रतितोला ९ सय २५  रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित : , ०, ००५:२५

आज फेरी घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!