कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या एकै दिनमा दोब्बर बढ्यो, नेपालीहरु अन्योलमा !

सिओल – दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृ-त्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।

यसैबीच दक्षिण कोरिया स्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीहरुमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नेपाली दूतावासले सतर्क तथा सजग रहन विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई आग्रह गरेका छन्। कोरोना संक्रमण तीव्र गतिमा बढेको हुदा यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ।

दूतावासका अनुसार, यस भाइरसबाट संक्रमित भएकामध्ये अधिकांश व्यक्तिहरु दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको छ। यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै, दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

संक्रमणबाट जोगिनका लागि केही समयलाई स्थगित गर्ने कि भन्ने विषयमा छलफल सुरु गर्ने ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिए । रोस्टरमा नाम आई कोरिया जान तयारी अवस्थामा रहेका नेपालीलाई तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा चाँडै नै छलफल गरेर ठोस निर्णय गर्ने उनले बताए ।

प्रकाशित : , ०, ००७:४६

“मलाई राजकुमार भनेको मन पर्दैन, “ह्यारी” मात्रै भने हुन्छ”