काठमाडौँ – शुक्रबार पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
यस्तै शुक्रबार राति पनि देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको रहेको बताइएको छ।
यो क्रम केहि दिन सम्मनै जारी रहन सक्ने महाशाखाले अनुमान गरेको छ। देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको हुँदा महाशाखाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।
महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान तथा मौसम विश्लेषण निम्न छ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-११-०९ बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ।
मौसमको अवस्था )Present Weather Status):
देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
फागुन १० गते (शनिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |
फागुन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |