नेपालबाट तीर्थयात्राका लागि हिडेको बस भारतमा दुर्घटना : ६ जनाको गयो ज्यान

सांगेतिक तस्बिर

भारतः नेपालबाट तीर्थ यात्राका लागि भारत गएको बस दुर्घटना भएको छ । भारतको अमालुर नजिकै सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति सो दुर्घटना भएको हो। तीर्थ यात्राका लागि ३४ यात्रु सवार भएका उक्त बस दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ ।

भारतीय प्रहरीका अनुसार, ‘भारतको प्रसिद्ध तीर्थस्थल नरीपल्लम जाने क्रममा बसलाई पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको’ हो। उनीहरु सोहि दिन कन्याकुमारीको दर्शन गरेर फेर्किएका थिए।

अधिकारीहरुका अनुसार,  त्यस दुर्घटनामा १८ जना यात्रु घाइते भने भएका छन्।  उपचारका लागि घाइतेहरुलाई मोहन कुमारमंगलमा मेडिकल कलेजमा  लगिएको छ । यात्रुहरु माघ २३ गते नेपालको सुनसरीबाट ३५ दिनको तीर्थयात्रामा निस्किएका थिए ।

यो दुर्घटनामा ४ पुरुष २ महिलाको ज्यान गएको छ । जसमा ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहाल र ५६ वर्षीय गोपाल तामाङको सनाखत भएको जानकारी प्राप्त भएको छ। बस चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

प्रकाशित : , ०, ००९:०६

बास्कोटाले दिए राजिनामा ! [भिडियो]