काठमाडौँ, फागुन ८ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि अहिले उनको चौतर्फी विरोध भइरहेको छ।
‘म आफू भ्र-ष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भएपछि अहिले अनेक प्रश्न उब्जिएका छन्।
बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन्। उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको खुलासा हुनुले भ्र-ष्टाचार विरुद्ध ओलीले दिने गरेको अभिव्यक्ति माथि समेत प्रश्न उब्जिन थालेको छ।
सञ्चारमन्त्री बास्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडियोमा अ-श्लील शब्द बोलेका छन् । सार्वजनिक भएको अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई अ-श्लिल शब्द प्रयोग गरेको सुनिन्छ ।
यसै क्रममा नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले कर्मचारीलाई अ-श्लील शब्द बाेलेकाे भन्दै आपत्ति जनाएको छ । राष्ट्रसेवक कर्मचारीलाई बास्कोटाकाे अभिव्यक्तिले दुखी बनाएको भन्दै सङ्घले प्रेश विज्ञप्ति नै जारि गरेर आ-क्रोश पोखेका छन् ।
सम्बन्धित समाचार:
सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा, अडियो नै सार्वजनिक ! [अडियो सहित]
बास्कोटा घुस बार्गेनिङ: “ओलीज्यू! यही हो ‘भ्र-ष्टाचार गर्दिनँ, भ्र-ष्टाचार गर्न पनि दिन्नँ’ भनेको?”