प्रचण्डद्वारा बाँस्कोटालाई राजीनामा गराउन सुझाव, सिधै बालुवाटार आउन ओलीको आदेश!

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछी, बिहीवार बिहान  प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा बास्कोटालाई तत्काल राजीनामा गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुझाव दिएका छन्।

हालै सार्वजनिक प्रकरणले पार्टीलाई समेत ठुलै क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

स्रोतका अनुसार, ‘मन्त्रीलाई राख्ने कि हटाउने भन्ने पहिलो अधिकार प्रधानमन्त्री स्वयंको भएकाले पार्टीले नै निर्णय गरेर फिर्ता बोलाउनु भन्दा उहाँले नै राजीनामा माग्दा उचित हुन्छ भन्ने हिसाबले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्’।

बिहान भएको छलफलमा ओलीले बाँस्कोटालाई आजै बालुवाटार बोलाएर कुरा गर्ने, त्यसपछि मात्रै आवश्यक कदम चाल्ने बताएका छन् । छलफल पछी, अहिले पश्चात प्रचण्ड बालुवाटारबाट हिडिसकेका छन्।

मन्त्री बाँस्कोटा हाल सुदूरपश्चिमको कञ्चनपुरबाट फर्किँदैछन्। बाँस्कोटा आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको छ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बाँस्कोटासँग कुरा गर्ने पुष्टि  गरेका छन्।

‘गोकुल बाँस्कोटा काठमाण्डौं फर्किए सकेपछि सिधै बालुवाटार आउने र कुरा गरेपछि नै प्रधानमन्त्रीले थप कदम चाल्ने,’ थापाले जानकारी दिएका छन्।

प्रचण्डले राजीनामा गराउन सुझाव दिएका हुन् कि भन्ने प्रश्नमा, ‘प्रधानमन्त्रीलाई सुझाव आउने कुरा त भइहाल्यो, तर उनले सम्बन्धित मन्त्रीसँग कुरा गरेपछि मात्रै निर्णय लिने’ थापाले जानकारी दिएका छन्।

तर, बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

“म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

प्रकाशित : , ०, ००७:३८

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना