‘म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु’ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

“म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

‘खाएको विष लाग्छ, नखाएको लाग्दैन! त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, १० अर्ब जतिको प्रस्ताव त आयो होला’: गोकुल बाँस्कोटा

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।

‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि अनेक प्रश्न उब्जिएका छन्।

गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको खुलासा गरेका छन्। ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्’ भन्दै मिडियालाई जानकारी दिए।

‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, काम नभए मोबाइलमा रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। आफुले काम गर्न नमाने के हुन्छ देखिहाल्नु भयो। ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला’ उनले भने।

उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि खुलाएका छन्। ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउने जति सबै मान्ने हो भने १० अर्ब जतिको प्रस्ताव त आयो होला’, उनले भने।

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सो अडिओ टेपको तथ्यको बारेमा आज बेलुका ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए।

सबै जिल्लामा फोरजी परियोजना सञ्चालन

आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरे अनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको भएका छन्।

उनले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताएका छन् । “अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने हुन्छ”, उनले भने, “इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको छ ।” उनले सेवाग्राहीलाई टेलिकमका सेवा सहुलियत दरमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको जानकारी दिए ।

प्रकाशित : , ०, ००६:४०

रामपुरमा फेला परेको अनौठो गुफा ओझेलमा! भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता