काठमाडौँ – नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएपछि नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको हो।
सेक्युरिटी प्रौन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितताको तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अगाडीनै सार्वजनिक भएको उल्लेख गर्दै कांग्रेसले अडियो सार्वजनिक भएपछि भने अनुमान प्रमाणित भएको दावी गरेको छ।
“सेक्युरिटी प्रौन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितताको तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए। तर स्वयम् सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ”,प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
७० करोड कमिसन मागेको अडियोनै सार्वजनिक भैसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर छानबिन प्रक्रियालाई अगाडी बढाउन कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक आग्रह कांग्रेसले गरेको छ।
सम्वन्धित समाचार…