अडियो सार्वजनिक भएको बारे बोल्ने भए सञ्चारमन्त्री बाँस्कोटा, पत्रकार सम्मेलन गरिने !

काठमाडौँ – सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको प्रति लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो धारणा सार्वजनिक भएका छन्।

विजय प्रकाश मिश्र शर्मासँग बार्गेनिङ गरेको भनिएको अडियो बारे बाँस्कोटाले बिहिबार(आज) दिउँसो आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन्। उनले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

बताइएअनुसार, बाँस्कोटा अहिले कैलालीमा छन्। काठमाडौँ फर्किने तयारीमा रहेका उनले काठमाडौँ आइपुगेलगतै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्।

बिहिबार मन्त्रालयमा हुने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनकै क्रममा उनले आफ्ना धारणा सार्वजनिक गर्ने बताइएको छ।

बिहिबार बिहानै मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट विजय प्रकाश मिश्र शर्मा बीचको संवादको अडियो सार्वजनिक भएको थियो। जसमा कमिसनका विषयमा संवाद चलिरहेको सुनिएको छ।

सम्वन्धित समाचार…

सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा, अडियो नै सार्वजनिक ! [अडियो सहित]

बास्कोटा घुस बार्गेनिङ: “ओलीज्यू! यही हो ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको?”

दिपक राज गिरिको व्यंग्य – मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी’

प्रकाशित : , ०, ००४:०६

“गोकुल बास्कोटाले तत्काल राजिनामा दिउन्, नदिए “कार्यकक्ष” बाटै पक्राउ गरियोस्” – रवि लामिछाने