गएराति भूकम्प, मच्चियो भागदौड !

मार्तडी – बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएकोे बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

प्रेस सङ्गठन बाजुराको एकता टुङ्गियो

प्रेस सङ्गठनको केन्द्र र प्रदेश कमिटीको टुङ्गो लागेको लामो समयपछि प्रेस सङ्गठन बाजुराले एकता टुङ्गो लगाएको छ । पूर्व प्रेस चौतारी निकट २१ र पूर्व प्रेस सेन्टरबाट १० गरी ३१ जनाको जिल्ला कमिटी मंगलबार गठन भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण ओलीले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखको उपस्थितिमा जिल्ला कमिटीको नाम प्रदेश र केन्द्रमा पठाएको प्रेस सङ्गठन बाजुराका संयोजक वसन्त विश्वकर्माले जानकारी बताए । उनले जिल्ला कमिटीको नाम सिफारिसपछि प्रथम भेला गर्नुपर्ने भएकाले नामसहित प्रदेश र केन्द्रलाई सिफारिस पठाइएको जानकारी दिए ।

प्रकाशित : , ०, ००१:३४

शिवरात्रि ट्राफिक व्यवस्थापन: भोलि यी क्षेत्रमा सवारी प्रवेशमा रोक ! कहाँ-कहाँ ? [रुट सहित]